प्रदेश सरकारले कोरोना कोषबाट विभिन्न अस्पताललाई बाँडे ८ करोड २३ लाख

  • जेठ १८, २०७७ | २०६ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोषबाट प्रदेशका विभिन्न अस्पतालले हाल सम्म ८ करोड २३ लाख २५ हजार रकम प्राप्त गरेको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र विभिन्न अस्पताललको लागि ५ करोड १३ लाख ७५ हजार निकासा गरेको हो ।

पछिल्लो चरणमा कोरोना भारइस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट रकम पठाएको अस्पतालहरुमा पर्सा जिल्ला स्थित पोखरिया अस्पताललाई औजार उपकरण खरिदमा १० लाख, जनशक्ति व्यवस्थापनमा१० लाख, कोभिड १९ संक्रमित व्यक्तिहरु एवं स्वास्थ्यकर्मीहरुका लागि खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, औषधि खरिदमा ५ लाख र खानेपानी व्यवस्थापनमा २ लाख गरी जम्मा रु ३७ (सैतीस) लाख, रौतहट जिल्ला स्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुका लागि खाजा, खाना तथा पानी व्यवस्था तर्फ २५ लाख, औषधि खरिदका लागि ५ लाख, पानीको धारा एवं विद्युत महसुलमा ६ (छ) लाख, पीपीइ र सेनीटाइजर आदि खरिदमा ४ लाख, मेसिनरी औजार मर्मतमा १ लाख ५० हजार, जनशक्ति व्यवस्थापनमा १० लाख, सरसफाईमा १ लाख ५० हजार र बेड सेट खरिदका लागि ३ लाख गरी जम्मा रु ५६ (छपन्न) लाख रुपैया पठाएको छ ।
त्यसैगरि सर्लाही जिल्ला स्थित मलंगवा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि खरिद तर्फ ५ लाख, जनशक्ति व्यवस्थापनका लागि १० लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, मेशिनरी औजार उपकरण खरिका लागि २ लाख, बेड तथा फर्निचर व्यवस्थाका लागि ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि ४ लाख, कार्यालय सामग्री र ईन्धनका लागि १–१ लाख, सवारी साधन भाडामा लिन १ लाख, आइसोलेशन भवन मर्मत संभारका लागि १ लाख, संचार महसुल २५ हजार र पानी तथा विद्युत महसुल ५० हजार गरी जम्मा रु ४०, ७५,००० (चालीस लाख पचहत्तर हजार) पठाएको छ भने सप्तरी जिल्ला स्थित भारदह अस्पतालमा प्रिफ्याब भवन निर्माणका लागि १ करोड ७५ लाख, फर्निचर फिक्सचर तर्फ २५ लाख, शौचालय निर्माण तर्फ २५ लाख, अस्पताल रंगरोगनका लागि १० लाख, ल्याब सेटअपका लागि ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिंग तर्फ ५ लाख गरी जम्मा रु २,९०, ००,०००।– (दुइ करोड नब्बे लाख) रुपैया पठाइएको छ ।

यता सिरहा जिल्ला स्थित सिराहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि एवं स्वास्थ्य सामग्री खरिद तर्फ १० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि १० लाख, सिसिटीभि एवं मेशिनरी औजार खरिदका लागि ५ लाख, बेड सेट एवं फर्निचर खरिदका लागि रु ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि ५ लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, आइसोलेशन कक्ष निर्माणका लागि आवश्यक भौतिक पुर्बाधार विकास तर्फ १० लाख गरी जम्मा रु ६५ (पैसठ्ठी) लाख, र सप्तरी जिल्ला स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साईकृष्ण मेडिकल कलेज कोभिड १९ लेभल १ अस्पताल मा आइसोलेसन कक्ष निर्माण गर्न नेपाली सेनाको भिमदल गणलाई रु. २५,००,०००।– (पच्चीस लाख) रुपैया उपलब्ध गराइएको छ ।

रकम पठाइएको अस्पतालमा पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० सैय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले यस अघि उपचार कोष बाट गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताललाई १० लाख, सप्तरीको भारदह अस्पताललाई ३१ लाख, लहान अस्पताललाई १९ लाख ५० हजार, सिरहा अस्पताललाई १९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई ३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई १९ लाख ५० हजार, मलंगवा अस्पताललाई १९ लाख ५० हजार, गौर अस्पताललाई १९ लाख ५० हजार, कलैया अस्पताललाई ३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई ३१ लाख २५ हजार, र नारायणी अस्पताललाई विरगंज लाई खाद्यान्नको लागि २५ लाख तथा पिसिआर मेसिन संचालनको लागि ५० लाख गरि तीन करोड ९लाख, ५० हजार रकम उपलब्ध गराएको थियो ।

प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेट बाट समेत विभिन्न अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब