मोदीलाई पशुपतिको आशिर्वाद लिन सांसद श्रेष्ठको सुझाव

  • जेठ २१, २०७७ | ३१२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं, (नेस) । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति र मुक्तिनाथमा आराधना गरेर नेपालको भूमि मिच्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ । नेपालको भूमि भारतले मिचेकोप्रति आक्रोश व्यक्त गर्दै पूर्वपराराष्ट्रमन्त्रीसमेत रहनुभएका श्रेष्ठले नेपालको भूमि जसरी पनि फिर्ता ल्याउनुपर्ने बताउनुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ, मुक्तिनाथको आराधना गरी शक्ति लिन आग्रह गर्दै उहाँले भन्नुभयो– ‘पशुपतिनाथ, मुक्तिनाथबाट शक्ति र आशिर्वाद लिएर मोदीले तपोभूमि नेपालको एक इन्च पनि भूमि लिन हुँदैन भन्नुपर्छ ।’

राष्ट्रिय सभाको मंगलबारको बैठकमा करिब आधा घन्टा आफ्नो धारणा राख्नुभएका उहाँले पशुपति र मुक्तिनाथसँग आराधना गरेर नेपालको भूमि लिन हुँदैन भनेर मोदीले आर्शिवाद लिन आग्रह गर्नुभयो । मोदीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेको अवस्थामा नेपाल–भारत सम्बन्ध थप उचाइमा उठाउने पात्र बन्ने बताउँदै श्रेष्ठले मोदी आध्यात्मिक प्रकृतिको व्यक्तित्व भएको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीलाई महाभारतको एक प्रसंग स्मरण गराउँदै सांसद श्रेष्ठले भन्नुभयो– ‘छिमेकीसँग हामी कुनै कार्ड खेल्न चाहन्नौं ।’ कोही पनि आवेग आक्रोश र उत्तेजनामा आउन नहुनेमा जोड दिँदै उहाँले कूटनीतिक संवादबाट समस्या समाधान खोज्नुपर्ने बताउनुभयो । सांसद श्रेष्ठले भारतलाई छिटो कूटनीतिक माध्यमबाट संवाद आउन आग्रह गर्नुभयो ।

यसैबीच राष्ट्रिय सभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको सो वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

त्यसै गरी बैठकमा तथ्यांक विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गर्नुभएको थियो । अर्थमन्त्री डा. खतिवडाले अनुगमन तथा मूल्यांकन विधेयक–२०७६ लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब