जिसस खारेज गर्न सांसदहरुको माग

  • जेठ २१, २०७७ | ३९६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जिल्ला समन्वय समितिको भूमिका र यसको आवश्यकतामाथि सांसदहरुले प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सांसदहरुले यस्तो बताएका हुन् ।

‘जिल्ला समन्वय समिति खारेज गरौं । यसको आवश्यकै पर्दैन तीन तहबीचको समन्वयका लागि’ नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले भने, ‘होइन भने चार तहको सरकार भनौं ।’

समितमा स्थानीय तहको परिभाषामा जिल्ला समन्वय समितिलाई समेट्ने कि नसमेट्ने भन्ने विषयमाथिको छलफलमा सांसद कँडेलले यस्तो बताएका हुन् ।
सांसद कँडेलले जिससको आवश्यकतामाथि प्रश्न उठाएपछि अन्य सांसदहरुले पनि समर्थन गरे ।

कांग्रेसकै सांसद अमरेशकुमार सिंहले पनि करोडौंको गाडी र तलब भत्ता दिएर कर्मचारी राख्नका लागि मात्रै जिसस राख्न आवश्यक नरहेको बताए ।
सांसद सिंहको भनाइमा सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले समर्थन जनाए ।

नेकपाका सांसद जनार्दन शर्माले भने एउटा विधेयकबाट जिसस खारेज गर्न नसकिने बताए । संविधान संशोधन गरेर हटाउने भए त्यसका लाग आफू तयार रहेको उनको भनाइ छ ।

‘हामीले संविधान बनाउँदा नै यसलाई नराखौं भनेकै थियौं । पछि आवश्यकता छ भनेर राखियो । संविधान नै संशोधन गरेर हटाउने हो भने मेरो पनि सहमति छ’ उनले भने ।

तीन तहको अन्तरसम्बन्ध सम्बन्धी विधेयकमा समितिमा बुधबारदेखि छलफल सुरु भएको छ ।

विधेयकमा स्थानीय तहको परिभाषामा जिल्ला समन्वय समितिलाई राखिएको छैन । परिभाषामा जिससलाई राख्ने कि नराख्ने भन्ने विषय समितिले टुङ्ग्याएको छैन ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब