विश्वमा कोरोनाबाट ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६७ लाख भन्दा बढी संक्रमित (अपडेट)

  • जेठ २३, २०७७ | ३१९ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी ।  कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको छ भने, संक्रमितको संख्या ६७ लाख ५ हजार ५८८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 

नेपाली समयानुसार शुक्रबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ५३ हजार २११ जना निको भएका छन् ।  हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ५९ हजार ११३ व्यक्ति उपचाररत रहेका छन् ।

संक्रमितहरुमा ५५ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख २४ हजार १८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।  यस प्रकोपको कारण अमेरिकामा १ लाख १० हजार १७९ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा १० लाख ३० हजार ६९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४६ हजार ९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ८० हजार ८५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३१ हजार ९९० जनाको मृत्यु भएको छ । 

युरोपमा २० लाख ४५ हजार ७७१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ११८ को मृत्यु भएको छ । एसियामा १२ लाख ६६ हजार ५०४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार १४४ जनाको मृत्यु भएको छ ।
  
अफ्रिकामा १ लाख ७२ हजार १८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ७८३ जनाको मृत्यु भएको छ ।  ओसियाना ८  हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।  –एएफपी

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब