‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त आन्दोलन गर्ने अग्रगामी मोर्चाको चेतावनी

  • भदौ २८, २०८३ | ५० पटक पढिएको | सीमा संदेश
alt

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले मधेशका अधिकार, संघीयता र प्राप्त उपलब्धिको संरक्षणका लागि थप संघर्ष आवश्यक रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश निर्माण भए पनि अब ‘मधेश राज्य’ निर्माणका लागि संघर्ष गर्नुपर्ने बताएका छन् । ‘अप्पन शासन, अप्पन प्रशासन, कानुन र भाषाको अधिकार’ सुनिश्चित नभएसम्म मधेशी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसक्ने उनको भनाइ थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले विगतदेखि नै मधेशी जनताको भाषा, संस्कृति, रहनसहन र पहिचानमाथि विभेद हुँदै आएको दाबी गरे। मधेशी जनतामाथि शोषण र दोहन भइरहेको आरोप लगाउँदै उनले वर्तमान सरकारले मधेशी जनतालाई मतदाता र करदाताका रूपमा मात्रै हेरेको टिप्पणी गरे । सीमानाकाक्षेत्रमा विभिन्न किसिमका कर लगाएर जनतालाई थप बोझ दिइएको भन्दै यादवले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिए ।

चुनावका बेला संघीयता बलियो बनाउने प्रतिबद्धता जनाएर मधेशी जनताको मत लिएको तर संविधान संशोधनको विषयमा सरकार पछि हटेको उनको आरोप थियो । यादवले नेपालको विद्यमान निर्वाचन प्रणाली भ्रष्टाचारको प्रमुख कारणमध्ये एक रहेको दाबी गर्दै निर्वाचन प्रणाली परिवर्तन गरी समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । छठ पर्वपछि पनि मधेशी जनताले न्याय र अधिकार प्राप्त गर्न नसके अग्रगामी मोर्चाले थप सशक्त आन्दोलन अघि बढाउने उनले चेतावनी दिए ।

सो कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले नेपाली जनताको बलिदानको जगमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन अग्रगामी मोर्चा निर्माण गरिएको बताए । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मधेशी जनता नै राष्ट्रवादका वास्तविक पहरेदार भएको उल्लेख गर्दै उनले अधिकार माग्ने मधेशीलाई विदेशी देख्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । त्यस्तै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त राउतले अधिकार प्राप्ति तथा प्राप्त उपलब्धिको संरक्षणका लागि अग्रगामी मोर्चा निर्माण भएको बताए ।

मोर्चालाई दीर्घकालीन रूपमा टिकाउन आबद्ध दलका नेताहरू इमानदारीपूर्वक अघि बढ्नुपर्ने उनको भनाइ थियो । वर्तमान सरकारप्रति कटाक्ष गर्दै राउतले नेपालीलाई विदेश जानबाट रोक्ने तथा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको सरकारले दुई तिहाइको समर्थन पाएपछि झन् बढी नेपाली विदेशिने अवस्था सिर्जना गरेको आरोप लगाए । उनले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै आफूहरू नेतृत्व लिन तयार रहेको बताए ।

मधेशमा लामो समयदेखि संघर्ष गरेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले समेत मधेशी जनतालाई अधिकार दिन नसकेको अवस्थामा सेनाको बलमा बनेको सरकारबाट अधिकार प्राप्त हुने अपेक्षा गर्नु ‘दिवास्वप्न’ भएको राउतले टिप्पणी गरे । त्यस्तै, आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले राज्य सञ्चालन गर्ने नेतृत्वको बेइमानीका कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको आरोप लगाए। पूर्वमन्त्रीसमेत रहेका साहले राज्यले विभिन्न समयमा सम्झौता गर्ने तर कार्यान्वयनका क्रममा बेइमानी गर्ने प्रवृत्तिका कारण जनता पीडित हुँदै आएको बताए ।

सो कार्यक्रममा अग्रगामी मोर्चामा आबद्ध दलका शीर्ष नेताका साथै मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लाबाट नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब