भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • भदौ २९, २०८३ | ३७ पटक पढिएको | सीमा संदेश
alt

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या हालसम्म एक हजार ३९२ पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परेका चार हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अंग मात्र रहेका छन्। हालसम्म फेला परेकामध्ये १०३ वटा शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बाँकी शवको पहिचान र सनाखतका लागि डिएनए  परीक्षणलाई प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरीले जनाएको छ।

बाढीमा बेपत्ता भएका चार हजारभन्दा बढी व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। बेपत्ता हुने स्वदेशी नागरिकतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् भने विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला सम्पर्कविहीन रहेका छन्।

विपदपछि चालिएको उद्धार कार्यका क्रममा हालसम्म नौ हजार २८७ जना घाइतेको सकुशल उद्धार गरिएको छ। जसमा छ हजार ४०७ पुरुष, दुई हजार ८३० महिला र पहिचान नखुलेका ५० जना रहेका छन्। उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरहरूमा राखिएको छ।

बाढीबाट ठूलो मानवीय क्षति भएकाले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, शवको पहिचान र राहत व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायहरू संयुक्त रूपमा परिचालित छन्।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब