विश्वभरका ३३ लाख व्यक्ति कोरोनाबाट निको भएर घर फर्के

  • जेठ २४, २०७७ | ३४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका विश्वभरका ३३ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्नामध्ये शनिवार विहानसम्म ३३ लाख १२ हजार ९१४ जना मानिस उपचारपछि निको भएर घर फर्केका हुन् ।

पछिल्लो २४ घण्टामा मात्रै ७१ हजार २६१ जना निको भएर घर फर्किएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६८ लाख २६ हजार ३४९ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ६५५ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै एकैदिन अरू ५ हजार ११७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९७ हजार ४१५ पुगेको छ ।

३१ लाख १६ हजार २० जनाको उपचार भइरहेकोमा ५३ हजार ५०२ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ७७ हजार ९५९ जनाको मृत्यु भएको छ ।

२० लाख ६२ हजार १६१ जना संक्रमित भएकोमा १० लाख ५५ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ११ हजार ५३२ पुगेको छ । त्यसमध्ये ८ लाख ७६ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ६७५ जनाको मृत्यु भएको छ । १२ लाख ९२ हजार १२३ जना संक्रमित भएकोमा ७ लाख ८४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४७ हजार ४३७ जनाको मृत्यु भएको छ । १० लाख ७१ हजार ६८२ जना संक्रमित भएकोमा ५ लाख ७ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ९४२ जनाको ज्यान गएको छ भने १ लाख ७९ हजार ३०९ जना संक्रमित छन् । संक्रमितमध्ये ८० हजार ३२२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६१ जना संक्रमित भएकोमा ८ हजार २६८ जना संक्रमणमुक्त भएका छन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब