संसद्मा सांसद गंगाको व्यंग्य ‘हरियो वन, तस्करको धन’

  • जेठ २५, २०७७ | ९१४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं, (नेस) । मुलुकभित्र वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भइरहेको भन्दै सत्तारूढ दल नेकपाका सांसद गंगा चौधरीले नेपालको वन तस्करको धन भनेर व्यंग्य गर्नुभयो ।

मन्त्रालयगत बजेटमाथि छलफलका क्रममा शनिबार संसद्मा बोल्दै सांसद चौधरीले नारा जस्तो व्यवस्थापन नभएको भन्दै वैज्ञानिक वन व्यवस्थापन कार्य रोकिनुपर्ने धारणा राख्नुभयो ।

‘वनसम्बन्धी नारा असाध्यै राम्रो छ । हरियो वन नेपालको धन तर पछिल्लोपटकको वैज्ञानिक वन व्यवस्थापनले गर्दा हरियो वन तस्करको धन सावित भएको छ ।’ –उहाँले भन्नुभयो ।

वैज्ञानिक वन व्यवस्थापन गर्दा उल्टै वन विनाश हुँदै गरेको दाबी गर्दै उहाँले वन विनाश रोक्न यस कार्य यथाशीघ्र रोकिनुपर्ने धारणा राख्नुभयो ।

वन व्यवस्थापनको नाममा पछिल्लो चरण सुदूरपश्चिमलगायत चुरेका साथै मुलुकभर काठको अवैध ओसारपसार भएको भन्दै तीव्र आलोचना भइरहेको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा वनमा अत्यावश्यकरूपमा काठ निकाल्ने कार्यमा मात्रै ध्यान गएको गुनासो बाहिर आएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब