अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन दबाब !

  • जेठ २६, २०७७ | २३७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । बजेटमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी एमसीसी घुसाइएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन नेपाल कम्युनिस्ट पार्टीभित्र दबाब बढेको छ ।

नेकपा स्थायी समिति सदस्य भीम रावल एमसीसी बजेटमा घुसाएकोमा रावलको आक्रोश देखिएका छन ।

बजेटमा कर वृद्धि र कम गर्दा कमिशनको खेल भएको विषय चर्को रुपमा उठिरहेको छ । रावलले भने– ‘चकलेटमा कर घटाउने र कृषि मलका कर वृद्धि गर्ने ।’

चकलेटमा १० प्रतिशत कर घटाउँदा करोडौंको कमिशनको खेल भएको चर्चा चलिरहेको छ । विराटनगरको सांघाई ग्रुपसँग मिलेर कर घटाएर चलखेल गरेको आरोप खतिवडामाथि लागेको छ ।

यसैगरी, कृषि मलको कर वृद्धिलाई रहस्यमय मानिएको छ । मल बढी विक्री हुने मौसममा कालाबजारीले मल भित्राइसकेको र कर वृद्धि गरी मुल्य चर्को बनाएर लाभ लिने नियत देखिन थालेको छ । मलको हाहाकार गराउने समुह अहिले सक्रिय भइसकेको छ ।

त्यस्तै आईतबार नेकपा सांसद नविना लामाले संसदमा बजेटबारे दफावार छलफलका क्रममा बोल्दै अर्थमन्त्री खतिवडाको आलोचना गरिन् ।

बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्ने जिम्मेवारी निजी क्षेत्रबाट संचालित विद्यालयलाई दिने उल्लेख गरेबाट लामाले खतिवडालाई चुनाव लड्नुनपर्ने भएकाले पार्टी र सरकारलाई समेत अप्ठ्यारोमा पार्ने विषय राखेको टिप्पणी गरिन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब