दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमणको आशंका, आइशोलेसनमा भर्ना

  • जेठ २६, २०७७ | ४२३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार केजरीवालमा कोभिड १९ का सामान्य लक्षणहरू देखिएका छन्। उनलाई ज्वरो आएको छ भने घाँटीमा पनि समस्या देखिएको छ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि केजरीवाल आइतबारदेखि घरमै सेल्फ आइसोलेसनमा बसेका छन्। उनको मंगलबार कोरोनाभाइरसको परीक्षण हुने बताइएको छ।

पछिल्लो समय भारतमा दैनिक झन्डै १० हजारका दरले कोभिड १९ का बिरामी थपिने गरेका छन्।

सोमबारसम्म त्यहाँ २ लाख ५८ हजार ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धेरै संक्रमित भेटिएकामा क्षेत्रमध्ये नयाँदिल्ली पनि एक हो। दिल्लीमा झन्डै २९ हजार जनामा संक्रमण देखिएको छ भने ८ सय १२ जनाको मृत्यु भएको छ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब