जसपाका असन्तुष्ट नेताहरु राजपा नेपाल ब्युत्याउँदै, बैठक जारी

  • जेठ २७, २०७७ | ५७१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । नवगठित जनता समाजवादी पार्टी नेपालमा दर्ता नहुँदै विवाद उत्पन्न भएको छ । ५१ सदस्यीय कार्यसमितिसहित जेठ २५ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएपछि थुप्रै नेताहरु असन्तुष्ट बनेका हुन् ।

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा र राजकिशोर यादव निर्वाचन आयोग नै पुगेनन् । ५१ सदस्यीय कार्यसमितिमा आफ्नो मान्छे नपरेको कुरामा उनीहरु लगायत तत्कालिन राजपाकै शरतसिंह भण्डारी, महेन्द्रराय यादव पनि असन्तुष्ट रहेका छन् । उनीहरुको आज छुट्टै बैठक बसिरहेको छ ।

कार्यसमितिमा राजपा नेपालको तर्फबाट नाम राख्दा महन्थ ठाकुर र राजेन्द्र महतोले मनपरी गरेको आरोप उनीहरुको रहेको राजपा नेपालका तत्कालिन सचिव राहुल यादवले आरोप लगाए ।

‘राजपा नेपाल छवटा पार्टी मिलेर बनेको पार्टी हो । त्यसमा सबैको बराबरको अधिकार छ तर महन्थ ठाकुर र राजेन्द्र महतोले जसपा नेपालको केन्द्रीय समितिमा अधिकांश आफ्नै मान्छे मात्र राखेका छन्,’ उनले गुनासो गरे । महन्थ ठाकुरले आफ्नो तर्फबाट नौजना र राजेन्द्र महतोले आठजना नेता राखेका छन् ।

शरतसिंह भण्डारी र महेन्द्र राय यादवको दुई दुईजना राखिएको छ भने अनिलकुमार झा र राजकिशोर यादवका एकजना नेता पनि परेका छैनन् ।

उनीहरुका अनुसार कार्यसमितिमा दलित, मुस्लिम, आदिवासी जनजाति, महिलालगायतलाई स्थान नदिएको गुनासो पनि उनीहरुको छ ।

आज असन्तुष्ट पक्षहरुको छुट्टै बैठक भइरहेको र सो बैठकमा कुनै नकुनै निर्णय बाहिर ल्याउने तयारी गरिरहेको नेता राहुल यादवले बताए ।

त्यस्तै, तत्कालिन समाजवादी पार्टीमा पनि असन्तुष्टि बढेको छ । समाजवादी पार्टीमा मधेशी नेताहरुलाई किनारा लगाएर अधिकांश नेताहरु अशोक राई र डा.बाबुराम भट्टराईको टीमबाट नाम राखिएको भन्ने गुनासो छ । मधेशमा आन्दोलनमा ठूलो बलिदानपछि निर्माण भएको मधेशी जनअधिकार फोरम हुँदै समाजवादी पार्टीमा मधेशी नेताहरुलाई कुनै स्थान नदिएको गुनासो नेताहरुले गर्न थालेका छन् ।

पाँचजना पदाधिकारीमा तत्कालिन समाजवादी पार्टीमा तीनजना रहेका छन्, त्यसमा मधेशबाट एकजना उपेन्द्र यादव आफै बसेका छन् । बाँकी दुई पदमा पहाडी समुदायबाट रहेकोमासो पार्टीका नेताहरुले गुनासो गर्न थालेका छन् । केन्द्रीय सदस्यमा तत्कालिन समाजवादी पार्टीबाट २२ जनामध्ये १६ जना पहाडी समुदायको रहेको गुनासो मधेशमा हुन थालेको छ । ‘मधेश आन्दोलनमा रगत बगाएको कुनै अर्थ नै रहेन,’ भन्दै मधेशका नेताहरुले गुनासो गर्न थालेका छन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब