सिरहा । नेपाल भारतको खरटैका नाकासँग जोडिएको सिरहा नगरपालिका हलको आवस्था पनि तिन ठाउँमा क्वारेन्टाइन व्यवस्थापन गरी संचालन गरिरहेको छ । जिल्ला भरीको क्वारेन्टाइनहरुका तुलनामा सिरहा नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन जोखिपूर्ण रहेको छ । भारतबाट नेपालीहरु सिधा भित्रिने भएको कारण विभिन्न समस्याहरुसँग जुद्धनु पर्ने अवस्थाहरु श्रृजना भएरहेको हुन्छ ।
नगरपालिका भित्र दुई अस्थाई र एउटा स्थाई क्वारेन्टाइन संचालनमा रहेको छ । भारतबाट आउने क्रम जारी रहेकोले नगरपालिकाको साधन स्रोत कोरोनाको युद्धमा युद्ध गतिमा परिचालन रहेको छ । क्वारेन्टाइनमा बस्नेहरुका पनि धेरै किसिमका समस्या हुने गर्दछ । कोरोनाको लडाइमा कहिले काँही मानवताको सेन्टिमेन्टले पनि समस्या आउँछ । तर सिरहा नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनलाई सरकारको मापदण्डलाई आधार मानि कार्य गरिरहेको प्रशासकिय प्रमुख बलिराम यादबले बताउछ । भाइरसको युद्धमा पहिलो चोटी लडने कार्य भईपछि कमि कमजोरी हुन्छ । तर कमी कमजोरीलाई निरन्तर रुपमा सामाधन गर्दै दोहरीन नदिई यस लडाईमा हामी सफल हुने छौँ ।
सिरहाको क्वारेन्टाइनमा कुल ३३ जनामा कोरोना फेला परेको छ । हामीसँग चुनौती छ, तर पनि हामी निरन्तर कार्य गरिरहेका छौँ । सिरहा क्वारेनटाइन बस्नेहरुले पनि भनी रहका छन् , नगरपालिकाले हामीलाई आफ्नै घर जस्तो राखेका छन ।

अहिले पनि सिरहा नगरपालिकाको क्वारेन्टाइनमा कुल २५० जना रहेका छन । हामीलाई प्रश्न गर्ने धेरै छन र धेरै प्रश्न पनि छ । तर सिरहा जिल्लाको परिक्षण रिर्पोट किन ढिलो ? क्वारेन्टाइन बस्नेले १४ दिन सम्म राख्छ भने कुरा बुझेका छन । तर परिक्षण २२ दिन भयो, रिर्पोट आकै छैन । क्वारेन्टाइन बस्ने भन्दा त्यसको घरपरिवारको दबाब हामीलाई बढि छ ।
सरकारले हामी जस्तो स्थानियतहको कर्मचारीहरु समस्या पनि बुझि सिरहको परिक्षण रिर्पोटलाई चाँडो भन्दा चाँडो सर्वजनिक गरियोस् । हामीलाई धेरै कार्य गर्नु पर्ने छ र कोरोनाको लडाइ लडनु पर्नेछ । यसका लागि सबैको दबाब परिक्षण रिर्पोट सर्वजनिकरणमा पनि होस् भने यादबले अनुरोध पनि गर्नु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved