सिरहा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मातृकाप्रसाद यादवले धनुषामा हिरासतमा रहेका व्यक्तिको मृत्युका सम्बन्धमा छानबिनको माग गरेका छन् ।
धनुषाको सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनापछि पक्राउ परेका चालकको जेठ २७ गते हिरासतमै शौचालयमा भुण्डिएको अवस्थामा शव फेला परेको घटना छानबिन गर्न उनले माग गरेका हुन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद यादवले उक्त घटनामा पीडितका परिवारले झुण्ड्याएर मारेको बताइरहेको उल्लेख गर्दै छानबिन हुनुपर्ने बताए । उनले रुकुम घटनाबारे छानविन गर्न गठन भएको संसदीय समतिलाई धनुषाको उक्त घटनाको छानबिन गर्न जिम्मा दिन माग गरे ।
नेता यादवले राजनीतिक संरक्षणमा अपराधीले उन्मुक्ति पाइरहेको भन्दै आपराधिक घटनालाई राजनीतिक आडमा जोगाउने परम्परा रोक्न माग गरे ।
२७ जेठमा सबैला नगरपालिकाका अरुणकुमार मण्डललाई रातको समय फोन गरी बोलाएर गोली हानी हत्या भएको घटना पनि उनले छानबिन गर्न माग गरे ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved