वार्ताको वातावरण बनाउने जिम्मेवारी नेपालकोः भारत

  • जेठ ३२, २०७७ | २९९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले बनाएको नेपालको नयाँ नक्सा संघीय प्रतिनिधिसभाले सर्वसम्मत ढंगले पारित गरेपछि भारतले वार्ताको वातावरण नेपालले बिगारेको आरोप लगाउँदै वार्ताको वातावरण बनाउने जिम्मेवारी नेपालको हो भनेको छ ।

भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार यो टिप्पणी गरेका हुन् । प्रवक्ताले भनेका छन्, ‘नेपाले ऐतिहासिक तत्थमा आधारित नभई आफ्नो देशको भूमि विस्तार गरेको छ, यो आधारहीन कार्य हो । यसले सीमा विवादको समाधानका लागि दुई मुलुकबीच बनेको समझदारीलाई पनि तोडेको छ ।’

यसअघि भारतीय प्रधान सेनापति मुकुन्द नरभानले कालापानी क्षेत्रमा भारतीय पक्षले चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपालले आपत्ति जनाएपछि ‘चीनले उक्साएर नेपालले आपत्ति जनाएको’ आशय व्यक्त गरेर नेपाल पक्षलाई आक्रोशित बनाएका थिए ।

तर नरभानले नै शनिबार संघीय संसदमा मतदान हुनुअघि दुई देशको मित्रता प्रकाढ र विशेष रहेकाले नक्सासम्बन्धी विवादले सम्बन्ध नबिग्रने टिप्पणी गरेका थिए ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब