सिरहा । सिरहामा १ हजार ८ सय ४९ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको छ ।
जेष्ठ ३२ गते सम्म सर्वजनिक गरिएको रिर्पोटमा ६४ जना पोजेटिभ र १४४३ जनाको निगेटिभ गरी कुल १५०७ जनाको परिक्षण रिर्पोट सर्वजनिक गरिएको छ । कुल ३४२ जनाको रिर्पोट अहिले पनि आउन बाँकी रहेको छ ।
अरडिटी किटबाट जिल्ला भरीमा कुल १८७७ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएकोमा कुल १७९४ जनाको रिर्पोट निगेटिभ आएको छ भने कुल ८३ जनामा पोजेटिभ देखिएको छ।
अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएकोलाई कोरोना भाइरस संक्रमित घोषण गरिएको छैन । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले बताउनु भयो ।
जिल्लाभरीको संस्थागत क्वारेन्टाइनमा कुल १२७४ जना रहेका छन । होम क्वारेन्टाइनमा कुल ५९८ जना रहेको छ भने आईसुलेशनमा कुल ५९ जनाको उपचार भईरहेको छ । भारतबाट आउने संख्या क्रमिक रुपमा घटेपछि संस्थागत क्वारेन्टाइनमा बस्ने संख्या पनि घटिरहेको छ ।
सिरहामा हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या ६४ पुगेको छ । २० जनाले कोरोनाबाट निक भई घर फर्केको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved