आज देखि २ सिफटमा जिल्ला प्रशासन लगायत सबै कार्यालय खुल्दै

  • असार १, २०७७ | ३०५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । आजदेखि जिल्ला प्रशासन कार्यालयसहित सबै सरकारी कार्यालयहरु खुल्ने भएका छन । कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र १२ गते लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउँन लागेका हुन ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, सिरहाले पत्राचार गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा टोक्न प्रणालीमा सञ्चालन गर्न भनेको छ । जसमध्ये बिहान ६ बजेदेखि १ बजेसम्म एउटा सिफ्ट र १ बजेदेखि बेलुका ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टमा कार्यालयहरू सञ्चालन हुनेछन । गाडीहरुको पास वितरण कार्य बेलुका ३ बजे देखि ५ बजे सम्म बिना टोक्न सिधा सम्पर्क गरी लिन सकिने प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले बताउनु भयो ।

कार्यालय प्रभावकारी रूपमा सञ्चालन भए–नभएको बारेमा प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्नेछन् ।

कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न सरकारले बनाएको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न मन्त्रालयले भनेको छ ।

1 11

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब