विश्वभर कोरोना संक्रमितको सङ्ख्या ८१ लाख नाघ्यो

  • असार २, २०७७ | ३०७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या ८१ लाख नाघेको छ । 

विश्वका विभिन्न देशमा गरी ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ४२ लाख १३ हजार ६ सय ३ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ । ४ लाख ३९ हजार ८५ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

यसैबीच भारतमा लकडाउन खुकुलो भएसँगै कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्या झण्डै दोब्बरले बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

गएको जेठ १९ गतेदेखि खुकुलो पारिएको लकडाउनका कारण १५ दिनमै कोरोना सङ्क्रमितको संख्या झण्डै दोब्बरले बढेको छ । जेठ १८ गतेसम्ममा १ लाख ८२ हजारमा कोरोना पुष्टि भएकोमा १५ दिनमा बढेर आज सङ्क्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ । 

लकडाउन खुकुलो भएपछि दिल्ली र मुम्बईमा धेरै असर परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमितका हिसाबले भारत अमेरिका, ब्राजिल र रुस भन्दापछि चौथो स्थानमा छ ।

कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्या बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब के गर्ने भन्ने बारेमा निर्णय गर्न आज सबै राज्यका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । 

यसैबीच चीनको राजधानी बेइजिङमा कोरोना सङ्क्रमित बढेसँगै स्कुलसँगै खेल र मनोरन्जन केन्द्रहरु फेरि बन्द गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब