चिनियाँ सैनिकसँगको झडपमा भारतका कर्णेलसहित दुई सैनिकको मृत्यु

  • असार २, २०७७ | २५८ पटक पढिएको | एजेन्सी
alt

भारत-चीन सीमा विवाद बढ्दो छ । सोमबार राती लद्दाखको गालवान भ्यालीमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । यसमा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको बताइएको छ । भारत–चीन सीमामा ५३ वर्षपछि अर्थात् सन् १९६७ पछि यस्तो स्थिती निम्तिएको स्रोतले बताएको छ ।

दुई देशबीच हिंस्रक झडप डी–एक्सकेलेशनको क्रममा भएको स्रोतले बताएको छ । डी–एक्सकेलेशनको आधारमा दुई देशका सेना तनाव कम गर्ने कोसिसमा छन् ।

सन् १९६७ मा पनि यस्तै झडप भएको थियोः

११ सेप्टेम्बर सन् १९६७ मा सिक्किमको नाथू–लामा भारत र चीनबीच हिंस्रक झडप भएको थियो । त्यसपछि १५ सेप्टेम्बर १९६७ मा पनि झडप भएको थियो । विवाद सन् १९६७ अक्टोबरमा रोकिएको थियो । चीनले त्यतिबेला नाथू ला मा झडपको क्रममा आफ्ना ३२ सैनिक मारिएको दाबी गरेको थियो । यस्तै, भारतका ६५ सैनिक पनि मारिएका थिए । यस्तै। चो ला झडपमा भारतका ३६ जवानको मृत्यु भएको थियो ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब