सरकारलाई पारदर्शी बनाउन मागसहित सिरहा काँग्रेसको ज्ञापन

  • असार २, २०७७ | २८० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपाली काँग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवको नेतृत्वमा गएका नेताहरुको एक टोलीले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग अघि सार्दै ज्ञापन पत्र बुझाएका छन् ।

कोरोना संक्रमण जोखिम न्यून गर्न पिसिआर परिक्षण पद्धति लागु, क्वाइरेन्टाईन तथा आइसुलेशन बेडको उचित व्यवस्थापन, कोरोना कहरको समयमा अन्य रोगको खोप, औषधी, प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित अन्य सेवा सुचारु, कोरोना कहरको बेलामा संक्रमण रोक्न भएको खर्चहरुको पारदर्शी , पिडितमैत्री राहतको प्रत्याभुति, खाडी मुलुकमा विभिन्न कारणले विदेशमा ज्यान गुमाएकाहरुको शव ल्याउने व्यवस्था लगायतका मागहरु अघि सारिएको ज्ञापन पत्रमा उल्लेख छ ।

कोरोनाको कारण विश्व आक्रान्त भइरहेको अवस्थामा त्यसको नाउँमा कसैले पार्टी वा व्यक्तिगत स्वार्थ सिद्ध गर्नु लगत रहेको काँग्रेस सभापति यादवले बताए । जनताको हित वाहेक कसैले आफ्नो हित खोजेमा त्यस विरुद्ध आफुहरु खरो तरिकाले रोक्ने उनले प्रतिबद्धता जनाए ।

‘सरकारले गर्दै आएको कामलाई हाम्रो पार्टीले नजिकबाट निगरानी गरेर राम्रामा सहयोग, सुझाव र नराम्रामा अवरोध पनि गर्दै सही बाटो देखाउदै आएको,’ काँग्रेसका सिरहा जिल्ला पार्टी प्रवक्ता तथा सह सचिव प्रवेश पोखरेलले भने,‘आजको ज्ञापन पत्र सही बाटोमा हिड्न सरकारका लागि सांकेतिक दवाव र सुझाव हो ।’

उनका अनुसार काँग्रेसको दवाव र सुझावलाई वेवास्ता गरेर अघि बढ्न प्रयास गरेमा ठुलो नोक्सानी हुन सक्ने र त्यसको जिम्मेवार सरकार हुनेछन् । सभापति यादवको नेतृत्वमा काँग्रेसका जिल्ला नेता महेश कुमार चौधरी, मोकतार अहमद, सुभाष यादव, विद्यार्थी नेता प्रमेश्वर साह, रामबाबु यादव, सुनिल कुमार महतो लगायतका सहभागीता रहेको थियो ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब