मंगलग्रहमा अक्सिजन भएकोे प्रमाण

  • असार ३, २०७७ | २८२ पटक पढिएको | सीमा संदेश
alt

ब्रसेल्स (एजेन्सी)
वैज्ञानिकहरुले मंगलग्रहमा अक्सिजन रहेको प्रमाण फेला पारेका छन् । युरोपेली स्पेस एजेन्सीको अर्बिटरले मंगलग्रहको वायुमन्डलमा अक्सिजनको खोज गरेको हो । यद्यपी मंगलग्रहमा जीवन छ वा छैन भन्ने प्रश्नको पुष्टी गर्ने जवाफ पाउन केही समय लाग्न सक्छ ।
खगोलशास्त्रीहरुले करिब ४० बर्ष देखि अक्सिजन रहेको दावी गर्दै आइरहेको छ तर पहिलो पटक हो, यसको प्रमाण भेटिएको । वैज्ञानिकहरु यस उपलब्धीलाई लिएर अत्यन्त उत्साहित छन् ।
मंगलग्रह परिक्रमा गरिरहेको युरोपेली एजेन्सीको अर्बिटर एक्सोमार्स ट्रेस अर्बिटर (टीजीओ)ले पहिलो पछक हरियो रंगको चम्किलो अक्सिजन तह देखेको हो । यो सुर्यको किरण हावामा रहेका तत्वसँग मिलेपछि उत्पन्न हुन्छ । हाम्रो सौर्य मन्डलमा अन्य कुनै ग्रहमा यस प्रकारको चमक देखिएको छैन । पृथ्वी माथि पनि राती यस प्रकारको चमक अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट देख्न सकिन्छ । तर मंगलग्रहमा यो चमक केही हल्का देखिन्छ ।
सोधका लेखक बेल्जियमको युनिभर्सिटी डि लिसका जँ क्लाड जेरार्डले भने ( पृथ्वीबाट सबैभन्दा चहकिलो किरण राती आउँछ । अक्सिजन परमाणुले एक विशेष वेभलेन्थ निस्कासन गर्छ जुन कुनै अन्य ग्रहमा देखिँदैन ।
टीजीओलाई मंगलग्रहको यस प्रकारको तस्विर सन् २०१९ अप्रिल देखि डिसेम्बर बीचमा प्राप्त भएको थियो । टाृलीले अर्बिटरका अत्याधुनिक उपकरण नोमाड र अल्ट्राभ्वाइलेट तथा भिजिबल स्पेक्ट्रोमिटरले मंगलग्रहको वायुमन्डललाई स्क्यान गरेको थियो ।
सोध अनुसार अक्सिजनको चमक सबैभन्दा धेरै २ लाख ६२ हजार फिटमा देखिएको थियो र यो मंगलग्रह र सुर्यबीचको दुरीका हिसाबले परिवर्तन भइरहेको थियो । यसको थप अध्ययनमा यो कार्बन डाइअक्साइडबाट अक्सिजन र कार्बन मोनोअक्साइड उत्र्सजनका कारण उत्पन्न हुने गरेको पत्ता लागेको छ ।

 
प्रतिक्रिया दि

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब