२१ महिनादेखि छोराको कंकाल सम्हालेर राख्ने बुबा

  • असार ४, २०७७ | ३४६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । एक बुवाले २१ महिनादेखि आफ्नो जवान छोराको कंकाल घरमै सम्हालेर राखिरहेका छन् । उनले आफ्नो छोराको कंकाललाई सुरक्षित किसिमले राखिरहेका छन् । प्रहरीले सामान्य मृत्यु भन्दै छोराको मृत्युको घटनालाई बन्द गरिसकेको छ ।

तर बुवाले अझै पनि उनको हत्या नै भएको शंका गर्दैछन् । छोराका हत्यारालाई सजाय दिलाएर मात्रै छोराको कंकालको अन्त्यष्टि गर्ने बुबाको अडान छ ।

यो घटना भारतको राजस्थानको आबुरोड नजिकैको जामरु गाउँको हो । त्यस गाउँ बस्ने हगरा भाई नाम गरेको बुवाले २१ महिनादेखि आफ्नो छोराको कंकाल सम्हालेर राखिरहेका छन् ।

बुवाले भनेअनुसार नटुभाई नाम गरेको उनका छोरा २७ अगस्ट २०१८ मा घरबाट निक्लेका थिए । छोराको लास भने ५ सेप्टेम्बर २०१८ मा सडेगलेको अबस्थामा गाउँ बाहिर भेटिएको थियो ।

ती बुवाले हडाद प्रहरी चौकीमा केही शंकास्पद व्यक्तिहरुको विरुद्ध उजुरी दर्ता गरेका थिए । प्रहरीले भने सामान्य प्रकृतिको मृत्यु भन्दै ती उजुरी माथि अनुसन्धान गर्नुको सट्टा फाईल नै बन्द गरिदिए ।

प्रहरीको अनुसन्धानबाट असन्तुष्ट रहेका ती बुवाले आफ्नो छोराको अन्तिम संस्कार गरेनन् । उनले ती कंकाललाई आफ्नो घरको ट्वाईलेटमा प्लाष्टिकमा पोको पारेर राखेका छन् ।

दैनिक जसो ती बुवाले छोराको कंकाललाई टोकरीमा राख्ने र फेरी प्लाष्टिकमै पोको पार्ने गर्छन् । प्रहरीले भने पोष्टमार्टम रिपोर्टमा हत्याबाट मृत्यु नभएको पुष्टि गरिसकेको छ ।
दैनिक भास्कर

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब