‘सात वर्षपछि नागरिकता दिने निर्णय साम्प्रदायिक र विवेकहीन ’

  • असार ७, २०७७ | ३६७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णयप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले विरोध जनाउनुभएको छ ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराई र अध्यक्ष यादवले विदेशी बुहारी र ज्वाईलाई विभेद नगर्न आग्रह गर्नुभयो ।
उहाँहरुद्वयले अंगीकृत नागरिकतामा विदेशी महिला र पुरुषलाई फरक–फरक मापदण्ड नराख्न आग्रह गर्नुभयो । अध्यक्ष यादवले नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात बुहारी र ज्वाइबीच असमानता र विभेद हुन नहुने बताउनुभयो ।

डा. भट्टराईले बावु आमाबाट नागरिकता दिने भनिए पनि आमाबाट नदिने प्वालहरु रहेको भन्दै त्यसलाई टाल्नुपर्ने सुझाव दिनुभयो । उहाँले तेस्रो लिङ्गीलाई स्वघोषणाबाटै पहिचानसहितको नागरिकता दिनपर्ने समेत धारणा राख्नुभयो ।‘नागरिकतासम्बन्धी विधेधकमा लैंगिक विभेद देखिनु न्याय,लोकतन्त्रसम्मत भएन ।’ उहाँले भन्नुभयो  ‘ नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विवेकहीन, सम्प्रदायिक र विभेदकारी निर्णय गरेको छ ।’

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब