विश्वभर एकैदिनमा थपिए एक लाख ६० हजारभन्दा बढी कोरोनाका बिरामी

  • असार १०, २०७७ | ८०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विश्वभर एकैदिनमा एक लाख ६० हजारभन्दा बढी कोरोनाका बिरामी थपिएका छन् । मंगलबारमा मात्रै एक लाख ६० हजार ६९८ जनामा संक्रमण देखिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९३ लाख ४३ हजार २७३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या चार लाख ७८ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ४३६ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या चार लाख ७८ हजार ९२० पुगेको हो ।

संक्रमितमध्ये ५० लाख ३६ हजार ६७४ जनाको सफल उपचार भएको छ भने ३८ लाख २७ हजारभन्दा बढी व्यक्तिको उपचार भइरहेको छ । त्यस्तै उपचाररतमध्ये नै ५७ हजार ९१२ जनाको अवस्था भने चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी भाइरस फैलिएको अमेरिकामा संक्रमितको संख्या २४ लाख २४ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ३५ हजार ९९१ जनामा भाइरस देखिएपछि संक्रमितको संख्या २४ लाख २४ हजार १४४ पुगेको हो । त्यस्तै एक लाख २३ हजार ४७३ जनाले ज्यान गुमाएका छन् ।

उपचारपछि निको हुने संक्रमितको संख्या पनि निकै बढेको छ । अमेरिकामा अहिलेसम्म १० लाख २० हजार संक्रमितको उपचार सफल भएको छ भने १२ लाख ८० हजार संक्रमितको उपचार भइरहेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख ५१ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४० हजार १३१ जना संक्रमित थपिएपछि ब्राजिलमा संक्रमितको संख्या ११ लाख ५१ हजार ४७९ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एकै दिनमा एक हजार ३६४ थपिएपछि ज्यान गुमाउनेको संख्या ५२ हजार ७७१ पुगेको हो ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब