ओली–प्रचण्डबीच वार्ताः प्रचण्डको अडानले ओली तनाबमा

  • असार ११, २०७७ | २५४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकार सञ्चालनमा पार्टीसँग समन्वय नगरेको भन्दै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्र चर्का आलोचना हुँदै आएको छ । एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री ओलीले अडान कसेपनि पार्टीभित्र एमसीसी संशोधन गरेर मात्र पास गर्नुपर्ने पक्षमा बहुमत देखिएपछि झन तनाब बढेको छ । प्रधानमन्त्रीको कदमको विरुद्ध नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले मोर्चाबन्दी कसेपछि पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।

बुधबारको बसेको नेकपाको स्थायी समिति बैठकमा एकअर्काबीच घोचपेचमा उत्रिएका प्रधानमन्त्री ओली र प्रचण्डबीच विवाद मत्थर बनाउन प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले मिलेर अगाडि बढन प्रस्तावव गरेको र जवाफमा प्रचण्डले पार्टी एकतादेखि देखाएको लचकताको फाइदा उठाउदै आफूलाई अधिकार विहिन बनाएको भन्दै असन्तुष्टि जनाएको प्रचण्डको सचिवालयले बताएको छ।

ओली प्रचण्ड भेटवार्तामा स्थायी समिति बैठकपछि उत्पन्न अवस्था ा र भोलीबाट हुने बैठकमा हुने छलफलका विषयमा कुराकानी भएको बताइएको छ । हिजोको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रबाट असहयोग भएको गुनासो गर्नुभएको थियो भने प्रचण्डले प्रधानमन्त्री ओलीले एकलौटी ढंगले चल्दा पाटी जनताको बीचमा वदनाम भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

भेटको क्रममा स्थायी समिति बैठकमा प्रस्तुत गरिएका एजेण्डाको बारेमा बैठकले गर्ने निर्णय मान्नु पर्ने अडान प्रचण्डले लिएपछि प्रधानमन्त्री तनाबमा परेको बताइएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब