नेपाल–भारतको सीमानामा पाँच मिटर अग्लो पर्खाल लगाउनु पर्छः गौतम

  • असार १४, २०७७ | ४७२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं (नेस) । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेपाल–भारत खुला सीमानाको कारण नेपालको भूमि अतिक्रमण हुने क्रम बढदै गएकाले सीमानामा पाँच मिटर अग्लो पर्खाल लगाउनु पर्ने बताउनुभएको छ । उहाँले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा जारी गर्नु ऐतिहासिक कदम भएको बताउदै अब सीमानामा पर्खाल लगाउनु पर्ने बताउनुभएको हो ।

पार्टीका जोरी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष गौतमले सिंगो राष्ट्रलाई एकतावद्धगरि अतिक्रमित भूमिसहितको नेपालको नयां नक्सा जारीगरेर यो संघर्षमा ९९प्रतिशत विजय हासिल भएको र भारतीय सेनाा नेपालीभूमिवाट हट्दासाथ नेपालले शतप्रतिशत विजय हासिल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘महाकाली नदीको एकिकृत विकास संवन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकों ह्वीप उल्लंघन गरेको आरोपमॉ म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीवाट अन्यायपूर्वक निष्कासन गरिएको थियो। पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोप सहीत पार्टी वाट निश्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस।’

अव ढिला नगरि नेपाल भारत विच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नु पर्छ। प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ। सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ, उहाँले भन्नुभयो । हाम्रा दुवै छिमेकी राष्ट्रसंग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न। सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब