नेकपाको विवादः वालुवाटारमा कुर्सी तानातान !

  • असार १६, २०७७ | ८५५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । पार्टी एकीकरण भएकै दिनबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टीभित्रको कुर्सी विवाद अहिले पनि कायमै रहेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी फरक–फरक भएपछि यसअघि विवाद भएको थियो । वालुवाटारमा प्रचण्डलाई तह लगाउन दुई वटा कुर्सी समान रुपमा नराख्नेदेखि लिएर प्रचण्डलाई खुसी पार्नको लागि बैठकमा समान कुर्सी राख्ने श्रंखला विगत दुई बर्षदेखि चल्दै आएको छ । नेकपाभित्र विचारको लडाई भन्दा पनि मूलत कुर्सीकै विवाद चल्दै आएको छ ।

जारी स्थायी कमिटीको बैठकमा पनि कुर्सी विवाद सतहमा आएको छ । कुर्सी विवाद चर्किदै जादा सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारिएको छ भने शीर्ष नेताहरुलाई तल झारिएको । स्थायी कमिटी बैठकमा अध्यक्षद्धयदेखि वरिष्ठ नेता, सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुलाई एउटै कुर्सी र टेबलको व्यवस्था गरिएको छ ।

बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो ।

बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल राखिएको थियो । बैठकमा भिम रावलले आपत्ति जनाएपछि अध्यक्षद्धय बस्ने विशेष सोफा हटाएर सबैलाई एउटै काठका कुर्सी राखिएको थियो ।

नियम अनुसार पार्टीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नु पर्ने हो । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको सुविधाको लागि सरकार निवास नै पार्टी कार्यालयको रुपमा दुरुपयोग हुँदै आएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब