काठमाडौं । सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेको बेला पुनः पूर्व नेकपा एमाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन परेको छ। वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागिरहेको बेला उता निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको लागि निवेदन परेको हो ।
झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेपछि स्थायी कमिटी बैठकमा नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टिकरण माग गरेका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेतारकार्यकर्ताको संलग्नता रहे नरहेकोबारे आजको स्थायी कमिटीमा बैठकमा छलफल भएको बताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो भन्दै ओलीसँग जवाफ माग्नुभएको थियो ।
जवाफका प्रधानमन्त्री कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने जवाफ दिनुभएको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved