ओली–प्रचण्ड तीन घण्टा वार्ताः दुवैको आ–आफ्नै शर्त

  • असार १९, २०७७ | २७४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सत्तारुढ दलभित्रको आन्तरिक विवाद समाधान गर्नको लागि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन घण्टा वार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र कार्यकारी अधयक्षप्रचण्डसहितका नेताहरुबीचको बैठकमा दुवै अध्यक्षले आ–आफ्नो अडान दोहो¥याउदै एकताको मर्म अनुसार अगाडि बढने विषयमा सकारात्मक दखिएका हुन् ।

बैठकमा सहभागी पार्टीका महासचिव विष्णु पौ८ेलका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको र भोली थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको जानकारी दिनुभयो ।
त्यसैगरी वार्तामा सहभागी नेता जनार्दन शर्माले दुवै अध्यक्षबीच खुलेर छलफल भएको र अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको बताउनुभयो ।
पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब