ओलीको अडानको कारण नेकपाभित्र झन भाँडभैलो

  • असार २०, २०७७ | ६८२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कारणको कारण पार्टीभित्र झन भाँडभैलो सुरु भएको छ । आन्तरिक विवाद चुलिददै जादा पार्टीभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । शुक्रवार पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तामा कुनै सहमति जुटन सकेन ।

वार्तामा अध्यक्ष ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोडने बरु परि आएको अवस्थामा पार्टी विभाजित गर्ने चेतावनी प्रचण्डलाई दिएपछि पार्टीको विवाद थप चुलिएको छ । स्थायी कमिटीको बैठक स्थगित गरेर दुई अध्यक्षबीच वार्ता भएपनि सहमति जुटन सकेन । पार्टीका दोस्रो तहका नतोहरुलाई दुवै अध्यक्षलाई चलकता अपनाएर पार्टी एकता बचाउन आग्रह गरेपनि दुवै अध्यक्ष आ–आफ्नो अडानमा रहेका छन् ।

पार्टीभित्र प्रधानमन्त्रीको कार्यशैलीको कारण असन्तुष्टि जनाउदै अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अधयक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन ओलीलाई दबाब दिदै आएका छन् ।

तर प्रधानमन्त्री ओलीले आफूले राजिनामा नदिने अडान दोहोर्याउदै जारी बर्षे अधिवेशन समेत अत्त्य गर्ने निर्णय लिनुभएको छ । शनिवार बिहानैबाट शीर्ष तहमा सहमति जुटाउनको छलफल भएपनि सहमति जुटन सकेको छैन् ।

प्रधानमन्त्री ओलीले शनिवार दिनभर शीर्ष तहका नेताहरुसँग छलफल गरेपनि सहमति हुन सकेको छैन् । अहिले प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुबीच छलफल भइरहेको छ ।
आजको लागि डाकिएको स्थायी कमिटी बैठकमा ओलीले केही दिन थप समय माग गरेपछि बैठक स्थगित भएको थियो । प्रचण्ड निवास खुमलटारमा अहिले प्रचण्ड पक्षका नेताहरुबीच छलफल चलिरहेको बेला प्रधानमन्त्री ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीले भेटन शिलत निवासमा पुग्नुभएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब