म र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भयो, मन्त्रीहरुलाई सोधे- तपाईहरुको साइड कता ? : प्रधानमन्त्री

  • असार २०, २०७७ | २७९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेको बताएका छन् । र, यस्तो बेलामा आफूले मन्त्रीहरुलाई तपाईहरु कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

‘मेराविरुद्ध षडयन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरुलाई मैले बाईफोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भने, ‘यस्तोबेलामा तपाईहरु कता भनेर मैले सोध्नुपर्ने हुनसक्छ । तपाईहरुले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ ।’

राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रधानमन्त्री प्रभावित भएको हुन सक्ने एक मन्त्रीले आशंका गरे । उनका अनुसार त्यस्तो गलत सूचना प्रधानमन्त्रीलाई कसैले भरिदिएको हुन सक्ने उनको अभिव्यक्तिबाट झल्कन्थ्यो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब