ओली–प्रचण्डबीच वार्ताः भोली फेरि भेटने

  • असार २१, २०७७ | २२० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्तामा पनि सहमति जुटन सकेन । अध्यक्षद्धय ओली र प्रचण्डको आ–आफ्नै अडानको कारण सहमति जुटन नसकेको हो । पार्टी विभाजन हुन नसक्ने अध्यक्ष ओलीको अधिव्यक्तिपछि नेकपाभित्र तरङ पैदा गरेको छ । शीर्ष नेताहरुबीच दौडधुप चलिरहेको बेला आज दुई अध्यक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता भएको हो ।
आफ्ना पक्षमा दुई दुई जना नेताहरू पनि सँगै राखेर प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार झन्डै डेढ घन्टा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए ।

त्यसैगरी प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए । छलफलबाट ओली र प्रचण्ड उठे पनि दुबै पक्षका चार नेता भने बालुवाटारमै रहेको बताइएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब