नेकपा नेता नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

  • असार २२, २०७७ | ३४२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्ति संघर्ष चर्किएको बेला नेपालका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ राजदूत र नेता नेपालबीच भेट भएको पुष्टि गरे । तर, भेटमा भएका कुराकानीका विषय भने खुलेको छैन । यद्यपि चिनियाँ राजदूतले नेकपाको आन्तरिक विवादबारे चासो राखेको बताइएको छ ।

गत वैशाखमा पनि नेकपाभित्र आन्तरिक कलह बढ्दा राजदूत होउले सक्रियता देखाएकी थिइन् । त्यसबेला उनले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेताहरुसम्मलाई छुट्टाछुट्टै भेटेकी थिइन् । त्यसबेलादेखि नेकपाको विवाद मिलाउन भूमिका खेलेको भनेर राजदूत होउमाथि आरोप लाग्दै आएको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतामा पनि पहल गरेको भनेर चीनमाथि आरोप लाग्ने गरेको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब