जंगली जनावरलाई मारिरहे झनै खतरनाक महामारी फैलिन्छ : राष्ट्रसंघ

  • असार २३, २०७७ | २०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने काम मानिसले गरिरहे कोरोना भाइरस संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । खतरनाक महामारीबाट जोगिन जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ।

पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्युटका विशेषज्ञहरुले सो सुझाव दिएका हन् ।

इन्सटिच्युटको रिपोर्टमा लेखिएअनुसार कोरोना भाइरस जस्ता महामारी आउनुमा पर्यावरणमा क्षति, प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन, जलवायु परिवर्तन र जंगली जनावरको उत्पीडन मुख्य कारण छन् ।

संयुक्त राष्ट्रसंघको विशेषज्ञहरुका अनुसार केही वर्षयता जनावर र पक्षीबाट मानिसमा सर्ने बिरामी लगातार बढ्दै गएको छ । विज्ञानको भाषामा यस्ता विरामीलाई ‘जुनोटिक डिजिज’ भनिन्छ ।

यदि मानिसहरुले पर्यावरण र जंगली जीवजन्तुलाई बचाएनन् भने यस्तै अन्य महामारीको सामना गर्नुपर्ने पर्यावरण र स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघको रिपोर्टका अनुसार प्रोटिनको बढ्दो मागका कारण मानिसले जनावरहरुको ज्यान लिइरहेका छन् र आखिरमा यसको असर स्वयं मानिसले नै भोग्नु परिरहेको छ ।

विशेषज्ञहरुका अनुसार जनावरबाट हुने अलग–अलग विरामीको कारण विश्वभर करिब २० लाख मानिसको ज्यान जान्छ । पछिल्लो केही वर्षयता मानिसमा जनावरबाट सर्ने रोग अर्थात् जुनोटिक डिजिज बढेको छ । इबोला, बर्ड फ्लु, सार्स जस्ता रोग यसै श्रेणीमा पर्दछन् । पशुपक्षीमा मात्र हुने यी रोगको शिकार अहिले मानिस भइरहेको छ ।

संयुक्त राष्ट्रसंघको रिपोर्टमा लेखिएको जुनोटिक डिजिज बढ्नुको एक प्रमुख कारण स्वयं मानिस र उसको कर्म हो ।

संयुक्त राष्ट्रसंघको इन्भाएरोमेन्ट प्रोग्रामका कार्यकारी प्रमुख इंगर एन्डर्सनले भनेकी छन्, ‘हरेक वर्ष कम्तिमा २० लाख मानिसको मृत्यु ग्रन्थीसम्बन्धी रोग, चौपायाबाट हुने टिबी र रेबिज जस्ता जुनोटिक रोगका कारण भइरहेको छ । त्यतिमात्रै होइन, यी बिरामीबाट आर्थिक क्षति पनि हुने गरेको छ ।’

मासु उत्पादन अत्यधिक वृद्धि

उनले भनिन्, ‘पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशतले बढेको छ । कतिपय समुदाय त घरपालुवा र जंगली जीवजन्तुमै निर्भर छन् । हामीले खेतीपाती त बढायौं तर प्राकृतिक स्रोतको अन्धाधुन्द दोहन पनि गरिरहेका छौं । जंगली जनावरको बासस्थान नष्ट गरिरहेका छौं, उनीहरुलाई मारिरहेका छौं ।’

उनका अनुसार बाँध, सिंचाइ, उद्योग कलकारखाना र खेतबारी पनि मानिसमा हुने संक्रामक रोगको लागि २५ प्रतिशत जिम्मेवार छन् ।

यूएन इन्भाएरोमेन्टको रिपोर्टमा केबल समस्यामा देखाइएको छैन, भविष्यमा यस प्रकारका बिरामीबाट कसरी बच्ने भनेर सुझावसमेत दिइएको छ ।

विशेषज्ञहरुले रिपोर्टमा पर्यावरणको कम क्षति पुर्याउने खेतीबालीलाई बढावा दिन र जैविक विविधतालाई जोगाउने तरिकाबारे पनि विस्तारमा उल्लेख गरेका छन् ।

एन्डर्सन भन्छिन्, ‘विज्ञानले स्पष्ट भन्छ, यदि हामीले इकोसिस्टमसँग खेलवाड गरिरह्यौं, जंगली जीवजन्तुलाई हानी पुर्याइरह्यौं भने आगामी दिनमा जनावरबाट मानिसमा सर्ने रोग अझै बढ्ने छ ।’

उनका अनुसार भविष्यमा कोरोना भाइरस संक्रमण जस्ता खतरनाक रोगलाई रोक्न मानिस पर्यावरण र जीवजन्तुको रक्षाका लागि गम्भीर हुनु पर्ने छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब