सिरहा । लकडाउनको नियम कडा रुपमा पालन गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले सूचान निकाली निर्देशन गरको छ ।
नेपाल सरकारद्धारा जारी बन्दा बन्दी सहजीकरणका लागि संक्रमणको जोखिमको अवस्था मूल्यंकान गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई न्यूनतम २ मि.को सामाजिक दुरी कायम गरी माक्स र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने एवं स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिर्वाय रुपमा पालन गर्ने शर्तमा केही सेवा र कार्यहरु संचालन गर्न सहजीकारण गरिएकोमा न्यूनतम सामाजिक दुरी कायम नगर्ने, बिना माक्स र सेनिटाइजर घर बाहिर हिंडुल गर्ने, अनआवश्यक भेड भाड गर्ने, सेवा प्रदायक निकाय वा संस्थाले पनि स्वास्थ्य र सुरक्षाका न्यून्तम मापदण्ड पालन गर्ने गराउन तर्फ बेवास्ता गर्ने क्रम बढदै गई कोविड, १९ को संक्रमण, जोखिम बढदै गएको छ ।
नेपाल सरकारद्धारा जारी आदेशको बर्खिलाप हुने गरी न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगरी, माक्स बिना मानिसहरुको आवतजावत हुने, भिडभाड गर्ने सामाजिका दुरी कायम नगर्ने प्रवृत्तिले कोविड १९ को जोखिम भायावह हुने अवस्थामा विद्धिमान रहेकोले यस जिल्ला भित्रका सम्पूर्ण संयन्त्रले प्रभावकारी रुपमा जनस्वास्थ्य र सुरक्षा मापदण्ड कडाई पूर्वक पालना गर्ने तथा अनिर्वाय रुपमा माक्स प्रयोगको व्यवस्था गर्ने गराउनुका साथै अटेर गर्नेहरु उपर संक्रमक रोग ऐन, २०२० बमोजिम करवाही गर्ने बताएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको सूचनालाई गम्भिरताका साथ पालन गर्ने गराउन सिरहा नगरवासीसँग सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले अनुरोध गर्नु भयो ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved