चिनियाँ राजदूतको ‘दौडधुप’ माथि विपक्षी दलको शंखा

  • असार २३, २०७७ | ७६७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूसँग भेटवार्ता तीव्र बनाएका बेला विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले ‘समीक्षा बैठक’ गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर र सन्तुलित राख्न नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

जसपाका नेता अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए । यस्तै, छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्ण सिटौला पनि सहभागी थिए ।

भेटमा दुवै दलका नेताहरूले हठात् संसद अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएका छन् । महत्वपूर्ण विधेयक, संकल्प प्रस्ताव विचाराधीन रहेकै अवस्थामा सभामुख र विपक्षी दलसँग परामर्श नगरी संसद अधिवेशन अन्त्य गर्नु आपत्तिजनक भएको नेताहरूले बताएका छन् ।

भेटपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले मिडियासँग भने, ‘हठात् संसद अधिवेशन अन्त्य गरिएकोमा हाम्रो केन्द्रीय कार्यसमितिले आपत्ति जनाएको थियो । उहाँहरू पनि त्यसमा सहमत हुनुभएको छ ।’

जसपाका नेता महतोले संसदको अधिवेशन अन्त्य गरेर सरकारले जनताको मुखमा ताला लगाउने काम गरेको बताए । बैठकमा सरकारकै कारण अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भएको विषयमा समेत समीक्षा भएको नेताहरूले बताएका छन् । तर यसबारे उनीहरूले थप खुलाउन चाहेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको र त्यसमा नेपालकै नेताहरू पनि लागेको बताएका थिए । यो अभिव्यक्तिले नेकपाभित्र चलिरहेको अन्तरसंघर्षलाई उत्कर्षमा पुर्‍याएको छ ।

नेताहरूले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यान्छीको सक्रियता बढेको हो । पछिल्लो पटक उनले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायतलाई घरघर पुगेर भेटेपछि यसलाई आन्तरिक राजनीतिसँग जोडेर विश्लेषण गर्न थालिएको छ ।

स्रोतका अनुसार कांग्रेस र जसपा नेताहरूको भेटमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति र चिनियाँ राजदूतको सक्रियताबारे पनि कुराकानी भएको छ । तर यसबारे औपचारिक रूपमा कोही बोल्न तयार छैनन् ।

कांग्रेस उपसभापति निधिले प्रधानमन्त्री ओलीको क्रियाकलापले अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भएको सन्दर्भमा पनि छलफल भएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीको अभिव्यक्ति र चिनियाँ राजदूतको भेटवार्तातिर संकेत गर्न खोज्नु भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘यो सरकारले भारत, चीन, अमेरिका, युरोपलगायतका देशसँग जस्तो अन्तर्राष्ट्रिय सम्बन्ध राख्नुपर्ने हो, त्यो भएको छैन । यसप्रति गम्भीर छौं ।’

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब