सिरहामा सिके राउतका दर्जनौ कार्यकर्ताले गरे पार्टी परित्याग

  • असार २४, २०७७ | ४४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनमत पार्टीमा तानाशाही हाबी भएको भन्दै सिरहाका ४ दर्जन भन्द बढी कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेको छ । आज सिरहाको लहामा पत्रकार सम्मेलन गरी उनिहरुले सामुहिक रुपमा पार्टी परित्यागको घोषण गरेका हुन् ।

डा. सिके राउतले आसेपासेहरु संग मात्र कुराकानी गर्ने र मधेशको मुद्धाबाट पञ्छिएको भन्दै उनिहरुले सो पार्टीबाट स्वतन्त्र भएको घोषणा गरेको पूर्व जिल्ला संयोजक चन्देश्वर महतो,केदारनाथ यादब , लहान नगरपालिका संयोजक देवकान्त सिंह , सिरहा नगरपालिका संयोजक बिपिन यादब , सुखिपुर नगरपालिका संयोजक सत्रुधन महतो , सिरहा जिल्ला सक्रिय सदस्य भोला जित नेपाल लगायत १३ जना द्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

जारी गरिएको बिज्ञप्तीमा लोखिएको छ – ‘ ११ बुंदे सहमती देखि लिएर नागरिकता बिधेयक बिरुद्धको आन्दोलन घोषणा समेतमा एकलौटी निर्णय गरेको , पार्टी भित्र एकल तानाशाही , अपारदर्शी जस्ता अलोकतान्त्रिक प्रबृति स्थापना गरिएको, पार्टिगत अबधारणाहरु प्रति कसैको जानकारी बिना छल पुर्वक हस्ताक्षर गराएको , डा. राउतले आफनो जासुसी दलाल बाहेकका फोन कल समेत नउठाएको लगायत १९ बुंदे माग प्रति पार्टीले बेवास्ता गरेको कारण आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको सिरहाको नरहा गाउँपालिकाका सक्रिय कार्यकर्ता मनोज यादबले बताए । ’ आजका मिति देखि आफुहरु कुनैपनी पार्टीमा आबद्ध नभई पुर्ण रुपमा स्वतन्त्र रहेको उनिहरुले सामुहिक घोषणा गरेका हुन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब