सिन्धुपाल्चोकमा बाढीले १५ घर बगायाे , १९ वेपत्ता, दुईको शव भेटियाे (फाेटाे फिचर)

  • असार २५, २०७७ | ६५३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ १९  भन्दा बढी सम्पक बाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे साे स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् ।

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। टेलिफोन सम्पर्कमा उहाँले भन्नु भयो, गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरुको खोजी कार्य  गरिरहेको जानकारी दिनु भयो । उहाँका अनुसार सो नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राती  ११ः३० बजेबाट बाढी आउदाँ उक्त क्षति भएको हो ।
बाढीले बगाएका २० बर्षीय निकेश बस्नेत र उनको तीन बर्षीयाा छोरीको शव निकालिएको छ । अरु बेपत्ताको तीव्र खोजी भईरहेको छ । बिस्तृत बिबरण आउन बाँकी रहेको निरीक्षक न्यौपानेले बताउनुभएको छ ।
प्रहरीका अनुसार रातभर परेको बर्षाले तातोपानी स्थित चाकु बजार नजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्बिसे नगरको जलेटार आर्मी ब्यारेकमूनिको सडक पनि बाढीले बगाएको छ । लामोसाँघुमा भखरै लगाएको प्लम्ब ढलान पनि बगाएको छ । जुरे पहिरोमा सडक बगाउदाँ सडक सम्बन्ध टुटेको छ ।

अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरवाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभाम्ुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । 

flood5

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब