जिल्ला भरी सार्वजनिक यातायात चल्ने

  • असार २५, २०७७ | ३०५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ। सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन नपाइने बताउदै काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा भने सवारी एकअर्का जिल्लामा जान सक्न्ने जानकारी दिनुभयो ।

‘जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने। तर अन्तरजिल्ला चल्न पाउँदैनन्,’ उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाभित्र र सम्बन्धित जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ।’ उहाँका अनुसार भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिनेछ ।

निजी सवारी साधन मोटरसाइकलसमेत जोररबिजोर प्रणालीमा चलाउन पर्नेछ । काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। सार्वजनिक सवारी साधनले तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले निर्णय गरेको छ । सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने सरकारले मापदण्ड बनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब