वडा अध्यक्षनै अध्यक्ष रहेको सहकारीको मलमा कालोबजारी

  • असार २५, २०७७ | ६९८ पटक पढिएको | सीमा संदेश
alt

रौतहट । मध्य खेतीको बेला भैरहदा रासायनिक मलको अभाबमा किसान मर्कामा परेका छन तर नेपाल सरकार बाट अनुदानमा प्राप्त हुने रासायनिक मल यहाका तीन सहकारी संस्थाले एजेन्ट मार्फत कालोबजारी गरेको पाइएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ बाग्मती स्थित सृजनसिल कृषि सहकारी संस्था लिमिटेड, बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, र उन्नतिशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाममा खरिद गरिएको रासायनिक मल आफना शेयर सदस्य किसान लाई सहजढङ्गले बिक्री बितरण गर्नुको बदला सर्लाहीको बाग्मती नगरपालिका–१२ कर्मैया घरभई चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती बजारमा राहुल खाध्य उधोग संचालन गरी बसेका सत्यलाल साह मार्फत कालोबजारी गरेको पाइएको छ ।

यसै आरोपमा साह लाई असाढ १५ गते प्रहरीले पक्राउ गरेपछि यस्को रहश्य खुलेको हो । साहले सृजनसिल कृषि सहकारी संस्था लिमिटेडको नाम बाट युरिया १६५२, डिएपी ६०५ बोरा, पोटास १३५ बोरा, यस्तै बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाम बाट युरिया १२१२ बोरा, डिएपी ५७५ बोरा, पोटास ११५ बोरा र उन्नतीशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाम बाट युरिया २१२४ बोरा, डिएपी ६८१ बोरा, पोटास १३० बोरा खरिद गरी बाहिरी जिल्ला मकबानपुर र सर्लाहीमा बढि मुल्यमा बिक्री गरेको आरोप लागेको छ ।

सृजनसिल कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष स्वयम चन्द्रपुर नगरपालिकाको वडानम्बर १ का अध्यक्ष बिरु रखाल हुन भने उनको सहकारीको गत बर्ष हुनु पर्ने साधारण सभा समेत गरेको छैन ।

तीन वटै सहकारी संस्था लाई अनुदानको मल दिन उनै वडाअध्यक्ष बिरु रखालले कृषि सामाग्री कंम्पनी लिमिटेड चन्द्रनिगाहपुर लाई सिफारिस गरेको पाइएको छ । नेपाल सरकारको अनुदानित मल कृषि सामग्री कम्पनी लिमिटेड बाट सहकारी संस्थाले खरिद गरेको मलखाद्य किसान लाई बिक्री बितरण गरेपछि कृषक संग बिक्री बितरण प्रतिबेदन बनाउनु पर्नेमा ती सहकारी संस्था नबनाएको पाइएको छ ।

कालोबजारीमा संलग्न साह पक्राउ परेपनि उनी संगको संलग्नतामा रहेकाको समेत खोजी हुनु पर्ने माग स्थानीयको रहेको छ । पक्राउ परेका साहलाई कालोबजारी ऐन अन्र्तगत म्याद थप गरी अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले बताउनु भयो । सहकारीको नाममा अनुदानको मलखाद्य खरिद गरेर बाहिरी जिल्लाका किसानलाई चर्को मुल्य बिक्री गरेको गुनासोको आधारमा साह पक्राउ माथि अनुसन्धान गरिएको उहाले बताउनु भयो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब