विश्वभर पाँच लाख ६२ हजार १७ को मृत्यु, ७३ लाख २४ हजार ८७० कोरोना मुक्त

  • असार २७, २०७७ | ४२६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड २६ लाख १५ हजार ७४९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ७३ लाख २४ हजार ८७० जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ३६ हजार ६५२ जनाको मृत्यु भएको छ भने ३२ लाख ९१ हजार ३८७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ७० हजार ५२४ जनाको मृत्यु भइसकेको छ भने १८ लाख ४ हजार ३३८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारत २२ हजार १४४, इटलीमा ३४ हजार ९३८, स्पेनमा २८ हजार ४०३, फ्रान्समा ३० हजार ४, इरानमा १२ हजार ४४७, बेल्जीयममा ९ हजार ७८१, जर्मनीमा ९ हजार १३०, नेदरल्याण्डमा ६ हजार १३६, टर्कीमा ५ हजार ३२३, स्वीजरल्याण्डमा १ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १६ हजार ६४९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भइसकेको छ । यस्तै, ८ हजार ११ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब