प्रधानमन्त्री ओलीको राजिनामा यसरी टर्दै

  • असार २७, २०७७ | ९८५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । आन्तरिक विवादको कारण विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको संकट तत्कालको लागि टरेको छ । पार्टीभित्रबाटै बहुमत नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग उठेपछि विवाद उत्कर्षमा पुगेको थियो । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता संघर्षको कारण चुलिएको विवादको निरन्तरतको संवाद मार्फत समाधान हुने क्रममा रहेको छ । पार्टी अध्यक्षद्धय ओली र प्रचण्डबीच पाँच पटक भएको संवादमा ठोस सहमति नजुटे पनि तत्काल प्रधानमन्त्रीलाई पदबाट हटाउने अडान अर्का अध्यक्ष प्रचण्डले छोडेको ओली निकट एक नेताले बताए ।

उनका अनुसार प्रधानमन्त्रीको राजिनामाको विषय अहिलेको लागि टरेको छ, पार्टी सञ्चालनको जिम्मेवारी कसरी तय गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । ओली र प्रचण्डबीचको अडानको कारण संवाद नै नहुने अवस्था सृजना भएपछि पार्टीभित्र दोसो पुस्ताका नेताहरुले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । प्रचण्डले पार्टी एकताको मुल मर्म अनुसार ओली नचलेको भन्दै असन्तुष्टि जनाउदै दुई साता अघि भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग्नुभएको थियो ।

पार्टीभित्रबाटै राजिनामा दिनुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बर्षे अधिवेशन अन्त्य गर्दै कांग्रेससँग समेत मिलेर सरकार गठन गर्ने चेतावनी प्रचण्डलाई दिनुभएको थियो । प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा नदिने अडान लिदै आएपछि अन्ततः पार्टीभित्रको दबाबमा रहनुभएको कारण कार्यकारी अधिकार प्रचण्डलाई दिन तयार भएको स्रोतको दावी छ ।

पार्टीको विवाद समाधान गर्न भूमिका निर्वाह गर्नुभएका स्थायी कमिटी सदस्य मणि थापाले विवाद समाधान हुनेतर्फ छलफल सकारात्मक बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो,‘पार्टी विभाजन हुन्छ कि भन्ने चासो र चिन्ता थियो, पार्टी अब विभाजित हुँदैन, एकताबद्ध भएर नै अगाडि बढछ, अब जारी विवादको पनि चाँडै किनारा लाग्छ ।’

पार्टीभित्रको विवाद समाधानको लागि अध्यक्षद्धयबीच ठोस सहमति नहुदा स्थायी समितिको बैठक बैठक समेत प्रभावित बनेको छ । दुई अध्यक्षबीच सहमति कायम गरेर मात्र स्थायी समिति बैठक बसेर निर्णय लिने बताइएको छ । ओली र प्रचण्डबीच अध्यक्षको भूमिका बाँडफाँडमा सहमति जुटेपनि बाँकी सबै विषयमा प्याकेजमै सहमतिको खोजी भइरहेकाले केही दिन वार्ता अझै लम्बिने बताइएको छ । प्रधानमन्त्री ओलीले शुक्रवार देशबासीको नाममा गर्नुभएको सम्बोधनको क्रममा पनि पार्टीभित्रको आन्तरिक विवाद समाधान हुने बताउनुभएको थियो ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब