आजबाट अनलाइन र भर्चुअल कक्षा बन्द "२ लाख ५० हजार शिक्षक–कर्मचारीको बेतलबी बिदा"

  • साउन १, २०७७ | ७७५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । प्याब्सन र एन प्याब्सनले आज बिहीबारदेखि पठनपाठनको सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । दुई संगठनले आफ्नो मागप्रति सरकार उदासिन रहेको आरोप लगाउँदै हाललाई सम्पूर्ण पठनपाठन स्थगित गरेको घोषणा गरेका छन् ।

दुवै संस्थाले कुनै पनि आन्दोलन घोषणा नगरेको दाबी गर्दै विद्यालय सञ्चालन गर्न चरम आर्थिक संकट परेको कारण पठनपाठन स्थगित गरेको स्पष्ट पारेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग वार्ता गरे पनि निकासा निकाल्ने विषयमा कुनै चासो नदेखाएपछि विद्यालय बन्द घोषणा गरेको उनीहरुले जनाएका छन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले शिक्षक र कर्मचारीलाई तलब खुवाउन असमर्थ भएपछि बाध्य भएर विद्यालयको सम्पूर्ण कक्षा बन्द गर्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘चरम आर्थिक संकटमा परेको निजी विद्यालयको विषयमा कुनै चासो नदिएपछि बाध्य भएर सबै कक्षा बन्द गरेका हौं । हामी सरकारको विरुद्धमा लागेका होइनौं, चरम आर्थिक संकटमा परेपछि बन्द गर्न बाध्य भएका हौं’ –उहाँको भनाइ थियो ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले खर्चिलो अनलाइन तथा भर्चुअल माध्यमबाट पढाउन नसकेपछि र शिक्षक कर्मचारीलाई तलब खुवाउन समेत समस्या परेपछि बन्द गरेको बताउनुभयो । करिब ८ हजारको संख्यामा रहेको निजी विद्यालयमा करिब ३० लाख विद्यार्थी अध्ययरत छन् । अब ती विद्यार्थी पठनपाठनबाट वञ्चित हुन पुगेका छन् ।

दुई संस्थाले सेन्ट जेभियर्स, बूढानीलकण्ठलगायत गुठी र ट्रस्टबाट सञ्चालित विद्यालयको पनि पठनपाठनसमेत ठप्प पार्न पत्राचार गर्ने भएका छन् । प्याब्सन सहअध्यक्ष डीके ढुंगानाले निजी विद्यालय धान्नै नसक्ने भएपछि बन्द घोषणा गरेको बताउनुभयो । बन्द भए पनि सरकारसँग निरन्तर वार्ता जारी रहने दुई संस्थाले जनाएको छ ।

प्याब्सन र एन प्याब्सनसँग आबद्ध विद्यालयमध्ये केहीले आर्थिक अवस्था धान्न नसक्ने भन्दै शिक्षक कर्मचारी समेत हटाउन थालेका थिए । दुई संस्थाको पदाधिकारीको बैठकलगत्तै अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने निर्णय गरेका हो ।

शिक्षामन्त्री पोरखेलले उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीमा दिएको प्रस्तावको विषयमा छलफल नभएको जानकारी पाएपछि दुई संस्थाले अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने निर्णय गरेको हो । अधिकांश निजी विद्यालयका बालबालिकाले घरबाट अनलाइन कक्षा लिइरहेका थिए । अब ती विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् ।

प्याब्सनको निर्णयमा मौन समर्थन गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले आफूले पढाउने विद्यालयले पठनपाठन बन्द गरेपछि तत्काल पढाउने अवस्था नभएको जनाएको छ । इस्टुका अध्यक्ष होमकुमार थापाले शुल्क तिर्छु भनेर महँगो विद्यालयमा पढाएपछि अभिभावकले शुल्क तिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘ठूला भनिएका विद्यालयका कारण समस्या आएको हो, अब समाधान गर्ने जिम्मा उनीहरुकै हुनेछ ।’ उहाँले निजी विद्यालयको विरुद्धमा आफूहरु नलाग्ने स्पष्ट पार्नुभयो । विद्यालयको कक्षा बन्द गर्ने नाममा शिक्षक–कर्मचारीलाई बेतलबी बिदा दिने विषय गम्भीर गल्ती भएको बताउनुभयो ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले माग पूरा गर्ने विषयमा चासो नदेखाउँदा गम्भीर समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले निजी क्षेत्रको योगदानप्रति बेवास्ता गर्दा यस्तो समस्या आएको हो ।’

प्याब्सन र एन प्याब्सनले बजार, उद्योग–व्यवसाय, निजी/सार्वजनिक सवारी–साधनलगायतका क्षेत्र सञ्चालनमा आए तापनि भौतिक रुपमा विद्यालय सञ्चालन हुन नसकेको जनाएको छ ।

दुई संस्थाका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलापहरु स्थगन गरी आफ्ना शिक्षक–कर्मचारीहरुलाई बेतलबी घर बिदा दिने अप्रिय निर्णय गर्न बाध्य भएको उल्लेख छ । उनीहरुले विद्यार्थीहरुको शिक्षण सिकाइका प्रक्रिया अवरुद्ध हुने विषयप्रति अत्यन्तै दुःखी भएको जनाएका छन् ।

मन्त्रालयले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपश्चात मात्र विद्यालयका प्रशासन खुल्ला हुने उनीहरुको भनाइ छ ।

विज्ञप्तिमा विद्यालय सुचारु भई आम्दानी सुनिश्चित भएपश्चातः अनुपातिक हिसाबले २०७७ वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीको तलबलगायत अन्य सबै प्रकारका दायित्व क्रमशः भुक्तानी गरिने उल्लेख छ ।

कक्षा बन्द गर्नु गलत

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइन र भर्चुअल कक्षा बन्द गर्नु गलत भएको बताउनुभएको छ । वार्ता र संवाद गरी समस्या समाधान गर्न छाडेर बन्द गर्ने निर्णय गर्नु गलत संस्कृति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले नै यो विषयमा केही बोल्दिनँ सरकारले पहल गर्दागर्दै बन्द गर्ने निर्णयमा उत्रनु नै उहाँहरुको गलत काम होे ।’

‘साउन ७ गतेदेखि लकडाउनको मोडल परिवर्तन गरी विद्यालयको विषयमा निर्णय गर्ने सरकारी तयारी भइरहेको थियो, निजी सञ्चालकले विद्यालय बन्द गर्ने निर्णय गर्नु उहाँहरुको गलत काम हो’ –मन्त्री पोखरेलले भन्नुभयो ।

मन्त्रालयले निजी विद्यालयले शुल्क लिने, अभिलेखीकरण गर्ने र अनलाइन कक्षालाई शैक्षिक सत्रमा समायोजन गर्ने विषयमा प्रस्ताव लगेको छ । मन्त्री पोखरेलले सीसीएमसी र क्याबिनेटले निर्णय गर्ने तयारी गर्नै लाग्दा अनलाइन र भर्चुअल कक्षा बन्द गर्नु, शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गर्न नहुने उहाँको भनाइ थियो ।

वार्ताको ढोका बन्द
संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुभाष भण्डारीले सम्पूर्ण कक्षा बन्द गरेर वार्ताकोे ढोका बन्द गरेको आरोप लगाउनुभयो ।

उहाँले वार्ता र संवाद गरी समस्या समाधान हुने बाटो खोज्नुपर्ने अवस्थामा विद्यालय बन्द गरेर प्याब्सन र एन प्याब्सन आबद्ध विद्यालयले गम्भीर गल्ती गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘उहाँहरुले जे गर्नुभयो त्यो घातक काम हो, नयाँ राजनीति गर्न खोज्नुभएको छ । यसले समस्या समाधान हुन सक्दैन । भित्रभित्रै अभिभावकसँग शुल्क लिइरहेको विद्यालयले विभिन्न बहानामा बन्द गरेको आरोप लगाउदै उहाँले भन्नुभयो– ‘हामी यो भन्न चाहन्छौं कि विद्यालय खुला गर्नुपर्छ ।’

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब