मोडर्नाको कोरोना खोपको पहिलो परीक्षण सफल

  • साउन १, २०७७ | २४८ पटक पढिएको | सीमा संदेश
alt

लसएन्जल्स । अमेरिकी औषधी कम्पनी मोडर्नाले कोरोना भाइरस खोपको पहिलो परीक्षण पुर्ण रुपमा सफल दावी गरेको छ । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा छापिएको अध्ययनमा ४५ स्वस्थ ब्यक्तिमा गरिएको यस परीक्षणको परिणाम अत्यन्त राम्रो भएको उल्लेख गरिएको छ । ती खोप लगाइएका प्रत्येक ब्यक्ति भित्र कोरोनासँग लड्ने रोग प्रतिरोधात्मक क्षमता एन्टिबढी विकसित भएको छ । परीक्षणमा १८ देखि ५५ बर्ष बीचका ४५ स्वस्थ ब्यक्तीलाई समावेश गरिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोडर्ना इन्कको खोप एमआरएनए १२७३ को पहिलो चरणको परीक्षण सफल भएकोमा ट्विट मार्फत खुसी ब्यक्त गरेको छ । ट्विटमा उनले भने ( खोपलाई लिएर धेरै राम्रो खबर हो ।
ख्याती प्राप्त औषधी निर्माता कम्पनी मोडर्ना अब कोरोना भाइरस खोपको अन्तिम चरणको परीक्षणको तयारीमा जुटेको छ । जुलाइ २७ सम्ममा यस परीक्षणको शुरु गर्न सकिने कम्पनीले जनाएको छ । खोप परीक्षण रोक्नै पर्ने गरी यसको विशेष कुनै खराब साइड इफेक्ट्स नभएको बताइएको छ । परीक्षणका क्रममा खोपको तीन डोज दिएपछि करिब आधालाई सामान्य थकाई, शरिर र टाउको दुखेको थियो । करिब ४० प्रतिशतले खोप दिएपछि हल्का ज्वरो महसुस गरिएको थियो ।
कोरोना महामारी विरुद्धको खोप विकासमा रुस र चीनमा पनि खोपको सफल परीक्षण भइरहेका छन् । विश्वका अन्य कयौं मुलक र संस्थाहरु यस महामारी रोक्न खोप तथा औषधी विकासमा जुटिरहेका छन् ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब