भारतमा कोरोनाको संक्रमित संख्या १० लाख नाघ्यो, बिहारमा फेरी १५ दिनको लकडाउन घोषणा

  • साउन २, २०७७ | ३४२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ५ हजार नाघेको छ । जसमध्ये बिहीबार मात्र ३५ हजार ४ सय व्यक्तिमा कोरोना पुष्टि भएको हो । अहिलेसम्म भारतमा ६ लाख ३६ हजार निको हुँदा २५ हजार ६ सय संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्ने क्रम नरोकिएपछि राज्य सरकारले आफु अनुुकुल लकडाउन बढाउँदै गएको छ । संक्रमण फैलन नरोकिएपछि भारतको बिहार राज्यमा फेरी लकडाउन घोषणा गरिएको छ । बिहारका उपमुख्यमन्त्री सुशीलकुमार मोदीले बिहीबार जुलाई ३१ सम्मका लागि लकडाउन गरिएको जनाएका हुन् ।

बिहीबार घोषणा गरिएको लकडाउन सम्पूर्ण जिल्लामा लागू हुने राज्य सरकारले जनाएको छ । सरकारका अनुसार लकडाउन अवधिमा सरकारी तथा निजी कार्यालयका साथै सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुनेछन् ।

सरकारको निर्देशिकाअनुसार राजधानी पटना क्षेत्रमा यातायात सेवा पनि लकडाउन अवधिमा सम्पूर्ण रूपमा बन्द गरिने जनाइएको छ । अटोरिक्सा चालकलाई पूर्णरूपमा लकडाउनको पालना गर्न आग्रह गर्दै नियम उल्लंघन गरेको खण्डमा कारबाही गरिने जनाइएको छ । त्यसैगरी, वर्कसप तथा मोबाइल मर्मत केन्द्रसमेत बन्द गरिएका छन् ।

त्यसैगरी, जुलाई ३१ सम्म सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि बन्द रहनेछन् । मन्दिर तथा धार्मिक स्थलहरुमा पुजारीलाई दैनिक कर्म पूजा गर्न अनुमित दिइएको जनाइएको छ ।

व्यापारिक मल, सिनेमा हल, पौडी पोखरीहरु, व्यायामशाला, तालिम केन्द्रका साथै खेलकुद तथा सांस्कृतिक केन्द्रहरु पूर्णरूपमा बन्द गरिएको छ । लकडाउन अवधिमा औद्योगिक क्षेत्र तथा निर्माण कार्य भने सामाजिक दूरी कायम गरी सञ्चालन गर्न अनुमति दिइएको छ । त्यस्ता क्षेत्रमा खटिने मजदुर तथा अन्य व्यक्तिले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने जनाइएको छ ।

त्यसैगरी, कृषिसँग सम्बन्धित क्रियाकलाप तथा पसलहरुका साथै राजधानी बाहिरका क्षेत्रमा ट्याक्सी तथा अटोरिक्सालाई स्थानीयस्तरमा सञ्चालन गर्न दिइनेछ । त्यसैगरी होटल तथा रेस्टुराँमा सामाजिक दूरी कायम गरी खुला गर्न दिइने जनाइएको छ ।

सरकारको घोषणाअनुसार रेल तथा हवाई यातायात सुचारु रहनेछ । रक्षा, केन्द्रीय सशस्त्र प्रहरी फौज, पेट्रालियम पदार्थका डिपो तथा बिक्री केन्द्र, विपद् व्यवस्थापन, ऊर्जा, हुलाकलगायत सेवासँग सम्बन्धित कार्यालयले सेवा प्रदान गर्ने जननाइएको छ ।

बिहारमा पछिल्लो समय कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिइरहको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार साँझसम्म बिहारमा कोभिड–१९ संक्रमितको संख्या २० हजार ६ सय १२ पुगेको छ ।

तीमध्ये १३ हजार ४ सय ६२ जना निको भइसकेका जनाइको छ । हालसम्म बिहारमा १ सय ८० जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन् । कोभिड–१९ संक्रमितका आधारमा भारत विश्वकै तेस्रो स्थानमा छ ।

बिहीबार साँझसम्म भारतमा ९ लाख ६८ हजार ८ सय ७६ जना संक्रमित भइसकेका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भाइरसका कारण मृत्यु हुनेको संख्या २४ हजार ९ सय १५ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म ६ लाख १२ हजार ८ सय १५ जना निको भइसकेका छन् ।

सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय ४० पुगेको छ । १० हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा निको हुने १ लाख ५२ हजार ६ सय १३ जना छन् ।

त्यसैगरी, दोस्रो प्रभावित तमिलनाडु राज्यमा १ लाख ५१ हजार ८ सय २० संक्रमित भएकामध्ये २ हजार १ सय ६७ जनाको मृत्यु भएको छ । तमिलनाडुका १ लाखभन्दा बढी निको भएका जनाइएको छ ।

दिल्ली राज्यमा हालसम्म कोभिड–१९ बाट १ लाख १६ हजार ९ सय ९३ जना संक्रमित भइसकेका छन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब