माधव नेपाललाई पार्टी अध्यक्ष बन्न ओलीको प्रस्ताव

  • साउन ३, २०७७ | ९५५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं ।
पार्टीभित्रको शक्ति संघर्षको कारण अल्पमतमा पर्नुभएका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गर्नुभएको छ । ओलीले आगामी महाधिवेशन मार्फत पार्टी अध्यक्ष बन्न र अहिले सहयोग गर्न आफू निकट नेताहरु मार्फत प्रस्ताव पठााएको स्रोतको दावी छ ।
पूर्व एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएपछि ओलीले भावी अध्यक्षको रुपमा नेपाललाई प्रस्ताव गरेको नेपाल निकट एक स्थायी समिति सदस्यले बताए ।

पार्टी एकीकरणपछि ओलीलाई साथ दिनुभएका नेपाल पार्टी एकीकरणको क्रममा ओली निकट नेताहरुलाई दोहोरो जिम्मेवारी दिएको, सरकारमा मन्त्री छनोटमा परामर्श नै नगरी अगाडि बढाएको छ, प्रदेशका मन्त्री छनोटमा परामर्श नगरी पेलेर अगाडि बढेको भन्दै असन्तुष्ट रहनुभएको छ । प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँडमा ओलीले आफू निकट नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि एक पद एक जिम्मेवारी हुनु पर्ने भन्दै सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखेपछि ओली–नेपालको सम्बन्ध विग्रिएको थियो ।

ओलीले पटक–पटक नेता नेपाललाई वालुवाटारमा बोलाएर वान टु वान छलफल गरेपनि दुई नेताबीच विश्वास कायम हुन नसक्दा पार्टीभित्र अहिले प्रधानमन्त्री ओली संकटमा पर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई सांसद बनाउने निर्णय कार्यान्वयन नगर्दा उहाँले पनि ओलीको साथ छोडनु भएको छ । सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीमा अल्मतमा परेपछि अन्ततः ओलीले एक पद छोडने मनस्थितिमा पुगेको बताइएको छ । पार्टीभित्रको विवादको छिनोफानो गर्न आज सचिवालयको बैठक बोलाइएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब