भारतमा नेपालीको कपाल मुण्डन गर्ने थप ३ जना पक्राउ

  • साउन ३, २०७७ | २९९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भगवान रामको जन्मभूमीबारेको अभिव्यक्तिलाई लिएर भारतको वाराणसीमा एकजना नेपाली युवकको कपाल मुण्डन गरेर अभियोगमा प्रहरीले अहिलेसम्म चारजनालाई पक्राउ गरेको छ ।

कपाल मुण्डन गरेर त्यसमा ‘जय श्रीराम’ लेख्ने र नारा लगाएको अरोपमा भेलूपुर चौकीमा पाँचजना विरुद्ध उजुरी दर्ता भएको छ । वाराणसीका प्रहरी अधिकृत अमित पाठकले यो घटनामा प्रहरीले तत्काल कारवाही थालेको जानकारी दिए । भिडियो बनाउनेसहित चारजना पक्राउ परेको उनले बताए ।

अरुण पाठक नाम गरेको व्यक्तिले सो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको जानकारी आएको र उनलाई पनि चाँडै पक्राउ गरिने उनको भनाइ छ ।

वाराणसीमा बस्ने एक नेपाली नागरिकको कपाल स्थानीय केही व्यक्तिले बुधबार जबरजस्ती मुण्डन गरेका हुन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब