सिरहा । सिरहाको बाढी प्रभावित क्षेत्र कमला, बलना र गागंन नदीहरुको कट्ट क्षेत्र प्रदेश नं. २ को विपद् व्यवस्थापन समितिका संयोजन भौतिक पूर्वधार मन्त्री जितेन्द्र सोनल, कानून तथा गृहमन्त्री ज्ञानेन्द्र यादब र उधोग पर्यटन तथा वातावरण मन्त्री राम नरेश राई यादब र राज्य मन्त्री सुरेश मंडलले अवलोकन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा बाढी प्रभावित जोखिम युक्त ठाउँहरुलाई अवलोकन गरी तत्काल समस्या सामाधानका लागि समन्वयकारी योजनाहरु तयार गरेका छन । बाढी विपद् सामाधाना निर्देशिका- २०७७ पनि जिल्ला प्रशासन कार्यालय सिरहले तयारी परी सर्वसहमतिमा पारित गरेका छन ।
जिल्लाका सम्पूर्ण स्थानियतहका अध्यक्षहरुका उपस्थितिमा जोखिम अवस्था बारे जानकारी तथा तत्कालै गर्न पर्ने सहयोग बारे पनि छलफल गरेका छन । जिल्ला भरी संचालनमा रहेका विभिन्न परियोजनलाई भुमिकामा आउन पनि जिल्ला प्रशासन कार्यालय सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेंलले निर्देशन दिनु भयो ।
त्यसैगरी प्रदेश २ को विपद् व्यवस्थापन समितिका सदस्य मन्त्रीहरुले जिल्ला भरी रहका जोखिम पूर्ण बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकार तत्काल र दिर्घकालिन रुपमा कार्य गर्ने प्रतिवद्धता गर्नु भयो । स्थानियतहको सरकार र प्रदेश सरकार दुवैले जनताका समस्यामा समन्वयकारी रुपमा कार्य गर्नु पर्ने धारण पनि व्यक्त गर्नु भयो । बाढी प्रभावित क्षेत्रमा तत्कालै आवश्यक पर्ने सहयोग सक्रिय हुन सबैलाई अनुरोध पनि गर्नु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved