एसईई परीक्षाफल ढिलो प्रकाशित हुने "३० जिल्लाबाट प्राप्ताङ्क आएन"

  • साउन ७, २०७७ | ३१३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन ।

सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०) ले करिब ३० जिल्लाबाट प्राप्ताङ्क नपठाएका कारण ढिलो हुने देखिएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्ताङ्क आइपुगेको जानकारी दिनुभयो । जिल्ला शिक्षा समन्वय समितिले प्राप्ताङ्क पठाउनुपर्ने व्यवस्था छ । तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बरसहितको काजगात आएको छैन ।

‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म केही जिल्लाबाट प्राप्ताङ्क नआएकाले समस्या परेको छ’ –परीक्षा नियन्त्रक खकुरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
पनिकाले सबै समन्वय समितिले प्राप्ताङ्क पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्ताङ्क इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरु गर्ने जनाएको छ ।

विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई इकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था छ ।

मन्त्री परिषद्को बैठकले यो वर्षको एसईई परीक्षा विद्यालयलाई नै दिने निर्णय गरेको थियो । लगत्तै बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरु गरेको थियो । पनिकाले २० गते विद्यालय र ३० गतेभित्र इकाइले अंक पठाउनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।

पनिकाले क्वारेन्टाइन भएको विद्यालय, जिल्ला बाहिरको प्रअ र कक्षाशिक्षक भएका कारण परीक्षाफल प्रकाशित गर्न कठिनाइ हुन सक्ने अड्कल गरेको थियो ।

तर करिब दुई सातादेखिको अविरल वर्षाका कारण राजमार्ग बन्द भएको र विकट जिल्लामा हवाई मार्गसमेत सञ्चालन नभएकाले कर्णाली, सुदूरपश्चिम र प्रदेश–१ का पहाडी जिल्लाका विद्यालयको उत्तरपुस्तिका पनिकामा आउन सकेको छैन ।
 

कक्षा ११ को अधिकार विद्यालयलाई
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पूर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकारसहितको कार्यविधि तयार गरेको छ ।
कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यस्थापन गर्न विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङ्क प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको कार्यविधिमा उल्लेख छ । कक्षा ११ को प्रयोगात्मक परीक्षासमेत विद्यालयले नै लिने भएको छ । अब कक्षा १२ को परीक्षा मात्र बोर्डले लिनेछ ।
यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको थियो । अब कक्षा १२ को मात्र ग्रेड राखेर ट्रान्सक्रिफ्ट वितरण हुनेछ ।

कार्यविधिमा गत वर्षको पूरक परीक्षाको सम्परीक्षण गर्ने अधिकार बोर्डले लिएको छ । अब कक्षा ११ को परीक्षा ९ कक्षाकै जस्तो विद्यालयबाटै सञ्चालन हुने, विद्यालयबाटै लब्धाङ्कपत्र दिइनेछ । कार्यविधि पारित भएसँगै सबै विद्यालयलाई कक्षा ११ को परीक्षा लिने बाटो खुल्नेछ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब