कक्षा ११ का विद्यार्थीले ‘डी प्लस’ ल्याउनैपर्ने

  • साउन ८, २०७७ | २७३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा प्रमाणीकरण कार्यविधि’ मार्फत सैद्धान्तिकमा ‘डि प्लस’ र प्रयोगात्मक विषयमा न्यूनत्तम ‘सी’ ल्याउनै पर्ने व्यवस्था गरिएको हो ।

यसअघि बोर्डले लिँदै आएको कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएपछि त्यसका लागि कार्यविधि जारी गरिएको हो । शिक्षा ऐनमा कक्षा ११ को परीक्षा बोर्डले लिनै पर्ने व्यवस्था थिएन ।

सम्बन्धित विषय पठनपाठन गर्ने शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई नै उत्तरदायी बनाएर परीक्षा सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा प्रधानाध्यापक अध्यक्ष, सम्बन्धित कक्षा शिक्षक र विषयगत शिक्षकहरू मध्येबाट प्रधानाध्यापक/प्राचार्यबाट मनोनीत शिक्षक सदस्य रहने गरी परीक्षा तथा प्रमाणीकरण समिति गठनको व्यवस्था गरिएको छ ।

सैद्धान्तिक र प्रयोगात्मक दुबै परीक्षाको मूल्यांकनको अधिकार पनि प्रधानाध्यापक नेतृत्वको यही समितिलाई दिइएको छ ।

यसैबीच, आगामी शैक्षिक सत्रदेखि विद्यालयबाट ‘पास आउट’ भएका विद्यार्थीको लब्धांक पत्रमा कक्षा १२ को मात्रै अंक राखिने भएको छ । बोर्डले सञ्चालन गरेको कक्षा ११ को परीक्षा दिइसकेका विद्यार्थीले भने ११ र १२ कक्षाकै मार्कसिट सहितको प्रमाण पत्र पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब