विद्यार्थी जनमत संघद्धारा गापा स्तरीय हाजरिजवाफ प्रतियोगिता

  • साउन १०, २०७७ | १,३४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विद्यार्थी जनमत संघको आयोजनामा गापा स्तरीय हाजरिजवाफ प्रतियोगिता कार्यक्रम सम्मपन गरेको छ । लामो समय देखी लकडाउन रहेको र विद्यार्थीहरुको पढाई प्रतिको उत्साह बढाउन कार्यक्रमको आयोजना गरिएको विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य दिपेन्द्र यादवले जानकारी गराउनु भयो। 

सिरहाको औरही गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका भरिका प्रत्येक टोल बाट जम्मा २४ वटा विदयार्थीका टिम सहभागी भएको थियो। बिभिन्न क्षेत्रका रोमान्चक प्रश्नहरु समेटदै करिब २०० प्रश्न समाबेश गरिएको थियो ।

हाजरिजवाफ प्रतियोगिताको सबै भन्दा बढी प्रश्नका सफल जवाफ दिई ९ अन्क प्राप्त गरि दरहिया टिम प्रथम पुरस्कार जितन सफल भएको छ । त्यसैगरी ७ अन्क प्राप्त गरि खजनपुर टिम द्वितीय पुरस्कार जिते , औरही तेस्रो स्थानको पुरस्कार जितन् सफल भएको छ । 

अहिलेको वर्तमान अबस्थामा शिक्षा क्षेत्र खस्किदै गएको कारण त्यसलाई सम्बर्द्धन गरि गुणस्तरिय , आधुनिक र प्राविधिक शिक्षा हासिलका लागी हरसम्मभव सङ्हर्स गर्ने वाहाको भनाई थियो। देश भरी कहि कतै विद्यार्थीको समस्या भए र सम्बन्धि निकाय नसुने जनमत विद्यार्थी संघलाई सम्पर्क गर्नुस हामी तपाईंको समस्या समाधान गर्न तुरुन्त पहल गर्ने प्रतिवद्धता विद्यार्थी जनमत संघका विद्यार्थीहरुले  गरे।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा विद्यार्थी जनमत संघको केन्द्रिय अध्यक्ष पोशन यादव र विभिन्न शिक्षा प्रेमी , बिदिजिवीहरुको सहभागीता रहेको थियो।  

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब